पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हवाइमार्गमार्फत पोखरा लगिने भएको छ। केहीबेर अघिमात्रै पार्टी कार्यालय वनस्थलीबाट पक्राउ परेका सभापति लामिछानेलाई आजै हवाइमार्ग हुँदै पोखरा लाने तयारी प्रहरीले गरेको हो।

उनलाई बुद्ध एयरलाइन्समार्फत बेलुकी ८:२५ बजेको फ्लाइटमा पोखरा लान लागिएको हो। लामिछानेले भने आफूलाई गाडीमा लान आग्रह गरेका थिए। प्रहरी स्रोतका अनुसार, उनलाई पोखरा लानका लागि बुद्ध एयरलाइन्समा ९ वटा टिकट बुक गराइएको छ। 

रवि पक्राउ पर्दैगर्दा पार्टी कार्यालय, वनस्थलीमा उपस्थित समर्थकको भिडले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए।