फिल्म ‘छक्का पञ्जा ५’ काे एक सातामा कमाइ कति ?

असाेज २४ गते फूलपातीको दिन रिलिज भएकाे फिल्म ‘छक्का पञ्जा ५’ ले हलमा दर्शकको राम्राे साथ पाइरहेको छ।

फिल्मले एक सातामै कराैडाैंकाे व्यापार गरेकाे छ । वितरकका अनुसार ‘छक्का पञ्जा ५’ले बिहीबारसम्ममा ११ करोड ५० लाख रूपैयाँ कलेक्सन गरेको छ ।

दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी लगायत कलाकारहरूको अभिनय रहेको फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन्।