प्रभु बैंकका ८ जना संस्थापकले एकैपटक आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेर बाहिरिदै

काठमाडौँ, २ कात्तिकः प्रभु बैंकका ८ जना संस्थापक सेयरधनीले एकैपटक आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेर बाहिरिने भएका छन्।

उनीहरूको स्वामित्वमा रहेको २ लाख ८२ हजार ६१९ कित्ता सेयर बैंकले दोस्रो पटक बिक्रीमा राखेको हो। 

बिक्री गर्नेहरूमा संस्थापक सेयरधनी प्रवीन अग्रवालको १ लाख ७ हजार कित्ता, सन्ध्या थापा क्षेत्रीको ४८ हजार ६४२ कित्ता, दिनेश अर्यालको ३५ हजार ७२१ कित्ता, कुमार पौडेलको ३२ हजार ३ सय कित्ता, गंगाराम महर्जनको २४ हजार ७ सय ३ कित्ता, अन्जन श्रेष्ठको १६ हजार ५१९ कित्ता, तान्या अधिकारीको १५ हजार ९६२ कित्ता र वीरेन्द्र रावलको १ हजार ५ सय ५२ कित्ता सेयर देस्रो पटक बिक्रीमा राखिएको हो। 

यसअघि छुट्टाछुट्टै गरेर बैंकले गत वर्षको फागुन, चैत, चालू आवको असार र भदौमा सेयर बिक्रीमा राखेको थियो। बिक्रीमा राखेपछि संस्थापक सेयरधनीहरूबाट सेयर खरिद नभएपछि बैंकले ८ वटै लगानीकर्ताको सेयरलाई सर्वसाधारणले किन्न मिल्ने गरेर पुन: बिक्रीमा राखेको हो।

बैंकले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा सेयर खरिद आवेदन दिन भनेको छ। उक्त सेयरको मूल्य भने बैंकले खुलाएको छैन ।