कालीमाटीमा आज कुन तरकारीको मुल्य कति ?

काठमाडौँ, २ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।

शुक्रबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ रहेको छ । प्याज सुकेको १०२.६७ रुपैयाँ, लोकल गाजर ९५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ ।

स्थानीय काउली ९५ रुपैयाँ, बन्दा लोकल ४५ रुपैयाँ, लौका ४५ रुपैयाँ, भिण्डी ५५ रुपैयाँ  र ठूलो नेपाली गोलभेँडा भारतीय १३५ रुपैयाँ प्रति केजी तोकिएको छ ।