चर्चित पप गायक लियाम पेनको निधन

चर्चित पप गायक लियाम पेनको निधन भएको छ । होटलको तेस्रो तल्लाबाट खसेर उहाँको निधन भएको हो । पप ब्याण्ड वन डाइरेक्शनमा आवद्ध रहनुभएका ३१ वर्षका पेन अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा होटलको बार्दलीबाट खस्नुभएको हो । प्रहरी घटनास्थलमा पुग्दा उहाँको निधन भइसकेको थियो ।

लियाम पेन सन् २०१० मा एक्स फ्याक्टर टिभी शोमा गठन गरिएको प्रसिद्ध बॉयब्याण्डमा पनि हुनुहुन्थ्यो । हृयारी स्टाइल्स, लुइस टमलिन्सन, नियाल होरान र जेन मलिकजस्ता कलाकारहरू यस समूहमा हुनुहुन्थ्यो । ब्यान्डले ‘फर एभर योंग, हृवाट मेक्स यु ब्युटिफुल, स्टोरी अफ माई लाइफ’जस्ता पप गीतहरू गाएको छ ।

ब्यूनस आयर्स प्रहरीका अनुसार घटनास्थलमा रहेका प्रहरी अधिकारीहरूले गरेको प्रारम्भिक अनुसन्धानले लियाम पेनले सम्भवतः लागूपदार्थ र मदिराको सेवन गरेका देखाएको छ ।