यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर र दिनारसहित धेरै जसो विदेशी मुद्राको मूल्य बढेको छ। तर युरो र पाउन्ड स्ट्रलिङसहित केही विदेशी मुद्रा भने सस्तिएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ।  

त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५० पैसा कायम भएको छ। आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ४५ पैसा निर्धारण भएको छ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९३ र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा कायम भएको छ।  आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा कायम भएको छ। 

 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची