दानमा प्राप्त सानेपाको जग्गामा केन्द्रीय कार्यालय ठड्याएको थियो, तर विश्वप्रकाशले बोले सफेद झुट

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टी कार्यालय बनाउन सरकारवादी मुद्दाकै प्रतिवादीसँग करोडौँको जग्गा दान लिएपछि अहिले नेपाली राजनीतिक गर्माएको छ। भाटभटेनीका साहु मीनबहादुर गुरुङले कीर्तिपुरस्थित १० रोपनी १४ आना जग्गा एमालेको केन्द्रीय कार्याल निर्माण गर्न दान मात्र गरेका छैनन्, २०८२ को दसैंमा भवन पनि दिने बताएका छन्। यो जग्गामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र व्यवसायी गुरुङले असोज २५ गते शिलान्यास गरेका थिए।

सत्तासिन दलले व्यवसायीबाट जग्गा दान लिएपछि नेपाली राजनीति गर्माएको मात्र छैन, राजनीतिक दलमाथि पारदर्शीताको प्रश्न उठिरहेको छ। नेपालमा कुनै दल यस्ता छैनन्, जसले व्यवसायी  वा अन्यबाट चन्दा नलिएका हुन्। एमालेले व्यवसायीबाट जग्गा दान लिएको विषयमा अभिव्यक्ति दिँदा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सफेद झुट बोलेका छन्। उनले एमाले पार्टी कार्यालय दानमा लिनेबारे प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने बताएका छन्, जुन सकारात्मक हो। तर, यसरी भन्दैगर्दा शर्माले कांग्रेस केन्द्रीय कार्यालयको जग्गा खरिद गरिएको र भवन निर्माण पनि कांग्रेसले नै गरेको भनेर सफेद झुट बोलेका छन्। शर्माले सामाजिक सञ्जालमा पनि रोखेको भिडियो वक्तव्यमा भनिएको छ, ‘आफ्नो पार्टी कार्यालय बनाउने त पार्टीकै सदस्यहरुले होइन र ? नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय जो आज छ, सानेपामा त्यो जग्गा पनि खरिद गरेको हो। त्यो जग्गामा निर्माण भएको भवन थोरैथोरै रकम व्यवसायीहरुको पनि परेको छ । कुनै एकजना व्यवसायीले मैले मात्र भन्ने अवस्था त्यहाँ छैन।’ 

तर, यो जग्गा मैयाँदेवी श्रेष्ठले निशुल्क दिएको हुन्।यद्यपि, उनी विवादित पात्र होइनन्। जो हाल यो संसारमा छैनन्। तर, शर्माले भनेजस्तो कांग्रेसले खरिद गरेको भने होइन। उनले  कांग्रेसको वडा, जिल्ला र केन्द्रीय कार्यालय भवन निर्माणार्थ जग्गा दान गरेकी थिइन्। श्रेष्ठ कांग्रेस समर्थक नै थिइन्। शर्माले बोल्दै गर्दा श्रेष्ठले दान दिएको भनेर भन्दा कुनै आलोचना हुँदैनथ्यो ।तर, सफेद झुट बोलेका छन्।

शर्माले भवन बनाउन पार्टी सदस्यको मन जोडिएको बताएका छन्। र, ४ लाख बढी कृयाशील सदस्यताको रकम यसमा प्रयोग भएको बताएका छन्। तर, यो भवन बनाउन व्यवसायीबाट ठूलो रकम सहयोग भएको थियो। गोविन्दराज जोशीले भवन निर्माणका लागि पैसाको जोहो गरेका थिए। हाल उनी कांग्रेसमा छैनन्। कुनै बेला कांग्रेसका शक्तिशाली रहेका जोशी  पूर्वगृहमन्त्री पनि हुन्।  कांग्रेसको सानेपास्थित केन्द्रिय कार्यालय भवन जोशीकै सक्रियतामा बनेको हो । तर त्यही कार्यालयमा २०६२ सालमा सम्पन्न कांग्रेसको ११ औ महाधिवेशेनमा रामचन्द्र पौडेलले सबै भन्दा बढी भोट ल्याएर केन्द्रिय सदस्य पदमा चुनाव जित्दै गर्दा जोशीले पराजित भएका थिए।