वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

दशैं बिदा आज सकिंदै, भोलीदेखि अदालत खुल्ने 

लामो दशैंविबदा आजदेखि समापन हुंनेभएकोेले भोलीदेखि अदालतको सेवा नियमित सुचारु हुने भएको छ ।  दशैंबिदाभरी बन्दीप्रत्यक्षीकरणका केही दर्जन मुद्दाको सुनुवाई गरेको सर्वाेच्च अदालतले विहिबार र शुक्रबार साप्ताहिक र दैनिक पुरक पेशी सूचिमा मुद्दाहरु प्रकाशित गरेको छ ।  साप्ताहिक दैनिक सूचि बमोजिम बिहिबारका लागि १ सय ४५ वटा नियमित मुद्दा र २ वटा पुरक सूचिका मुद्दाको सूचि प्रकाशित भएको छ भने शुक्रबारका लागि ३ सय ३० वटा साप्ताहिकका मुद्दा र ४७ वटा दैनिक पुरक सूचिका मुद्दा गरी जम्मा ३ सय ७७ वटा मुद्दा पेशीमा चढेका छन् ।  सर्वाेच्च अदालतमा न्यायाधीशको संख्या कम हुंदैजादा मुद्दाको संख्या भने थपिंदै गर्दा मुद्दाको व्यवस्थापन र समयको व्यवस्थापन हुन नसकेको कानुनविद्हरुको टिप्पणी हुने गरेको छ । प्रयाप्त संख्यामा न्यायाधीश नरहंदा मुद्दाहरु कम तोकिने गर्दा सेवाग्राही र कानुन व्यवसायी, कर्मचारी तथा न्यायाधीश सबैलाई हैरानी कम हुने उनीहरुको विश्लेषण छ ।

https://barnanmedia.com/news/detail/198898/ 

कारबाहीबाट जोगिन महसुल बक्यौता र बिजुली निर्यातलाई ढाल बनाउँदै कुलमान 

कुलमान घिसिङका भ्रष्टाचार र अनियमितताका विषय जबजब सतहमा आउँछन्, त्यसपछि उनी ती विषय ओझेल पार्न र आफ्नो कृत्रिम छविको बढाइँचढाइँ गर्न लागिपर्छन् । अहिले पनि नेपाल सरकारले कम्तीमा १५ वटा बदमासीको फेहरिस्तसहित स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत छानबिनका लागि दबाब सिर्जना गरेको छ । सञ्चार माध्यममा समेत उनका बदमासीका विवरण छताछुल्ल भइरहेका छन् । यस्तो बेलामा उनले आफ्नो पक्षमा जनमत सिर्जना गर्न मुख्यतः दुईवटा अस्त्र प्रयोग गरेको देखिँदै छ ।  पहिलो अस्त्रका रुपमा उनले भारतमा नेपाली बिजुली निर्यात गरेको विवरण सञ्चार माध्यममा पठाइरहेका छन् । उनले पठाएको विवरण अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।

https://barnanmedia.com/news/detail/198918/ 

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ : प्रधानमन्त्री ओली 
 प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बताउनुभएको छ ।  नेपाल प्रहरीद्वारा आयोजित ६९ औँ प्रहरी दिवस, २०८१ को समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ ।  अहिलेको संविधान नेपाली जनता सार्वभौमसत्तासम्पन्न भएको संविधान भएकाले संविधानमा सामयिक संशोधनबाहेक विद्यमान व्यवस्थामा कुनै परिवर्तनको नहुने स्पष्ट गर्दै उहाँले लोकतान्त्रिक प्रणालीमार्फत् जुनसुकै परिवर्तन ल्याउन सकिने बताउनुभयो । “चुुनावका माध्यमबाट सरकार परिवर्तन गर्न सकिन्छ । 

https://barnanmedia.com/news/detail/198975/ 

सरकारले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राखेको छ : उपप्रधानमन्त्री पौडेल 

 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डिजिटल क्षेत्रलाई प्राथमिकतामा राख्दै यसको बिस्तार गर्ने पक्षमा सरकार रहेको बताउनुभएको छ । ‘नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्स’ बीच डिजिटल सहकार्यका लागि आज यहाँ आयोजित समारोहमा उहाँले डिजिटल अर्थतन्त्रका कारण रोजगारी सिर्जना भएको, उत्पादकत्व बृद्धि भएको र निर्यातको सम्भावना पनि बढाएको बताउनुभयो ।  उपप्रधानमन्त्री पौडेलले बढ्दो डिजिटल विज्ञापन र डिजिटल भुक्तानीबारे चर्चा गर्दै नेपाल सरकार यसलाई अझ प्रोत्साहित गर्ने पक्षमा रहेको जानकारी दिनुभयो । “प्रविधिको बिस्तारले नेपालको अर्थतन्त्रलाई विश्वबजारसँग जोडेको छ । नेपालको आइटी क्षेत्रको निर्यात बढ्दै गएको छ । यस्तै निर्यातको सम्भावनाको नयाँ ढोका खुलेको छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री पौडेलले नेपाल रिपब्लिक मिडिया र न्युयोर्क टाइम्सबीचको डिजिटल सहकार्यका लागि साझेदारीले नेपालको डिजिटल मिडिया परिदृष्यमा नयाँ आयाम थप गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले डिजिटल मिडियाको सङ्ख्यात्मक वृद्धिसँगै गुणस्तरीय पत्रकारितामा ध्यान दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

मेची महाकाली राष्ट्रिय उद्धार यात्रा तेस्रो दिन १२ जना सडक आश्रित मानवहरूको उद्धार   

 मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत बुधवार ८ जना मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने नारासहित सुरु भएको यात्रा ३२ दिनसम्म सञ्चालन हुनेछ । उद्धार यात्राका क्रममा उद्धार टोली आज सुनसरीको दुहबी, इटहरी, धरानका विभिन्न स्थानका सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा भेटिएका मानवहरूको उद्धारमा खटिएको हो । बुधवार सुनसरीको दुहबी नगरपालिका–७  बाट १ जना, इटहरी उपमहानगरपालिकाका विभिन्न वडाबाट ७ जना र धरानबाट ४ गरी  १२ जनाको उद्धार भएको  मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीले बताएका छन् । यात्राको पहिलो दिन सोमबार झापाका विभिन्न क्षेत्रबाट १०,  दोस्रो दिन ६ जना सडक आश्रित मानवहरूको उद्धार गरिएको थियो ।

‘कोजगरा के पहिचानः दूध, मखान आपान’ 

 कोजगरा (कोजाग्रत) पूर्णिमा  भन्नासाथ प्रत्येक मैथिल (मिथिला)का बासिन्दा दूध, मखान र पान सम्झन्छन् । असोज पूर्णिमाको रातमा मनाइने यो पर्वको विशिष्ट परिकार दूध÷मखान र पान हुने गरेको छ । मिथिलाको बोलिचालीमा ‘कोजगरा’ भनिने कोजाग्रत पूर्णिमा पर्व आज मनाइँदैछ  मिथिला परम्परामा प्रत्येक पर्वका विशिष्ट परिकार हुन्छन् । दशहराको दहीचिउरा, दीपावलीको घुरियालो (सेल) छठको ठकुवा (गहुँको पिठोमा सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार), तिलासक्रायत (माघे सङ्क्रान्ति)मा तील, मुरी र चिउराका (लड्डू), होलीको मालपुवा, जुडशीतलमा बरीकरी, चौरचनमा पुरी, खिर र घडी पर्वमा दालपुरीको विशेष महत्त्व हुने गर्छ । यसैगरी कोजगरा पर्वको विशिष्टता दूध÷मखान र पान हो । बर्दिबास–७ प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामसेवक महतो भन्नुहुन्छ, “हाम्रा परम्पराभित्रका विभिन्न पर्वसँग जोडिएका विशिष्ट परिकार झैँ कोजगरामा दूध÷मखान र पान जोडिएको छ ।” सोही गाउँका ७० वर्षीय गङ्गा यादवले कोजाग्रतको पहिचानबारे स्पष्ट पार्दै आफ्नै बोलिचालीको मैथिली भाषामा भन्नुभयो, “‘कोेजगराके पहिचानः दूध, मखान आ पान ।”  

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह 

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभएको छ । आफ्नै निवास बुढानिलकण्ठमा आज जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गर्नुभयो । विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

 ‘जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी क्रियाशील’

 सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनताको सेवा र शान्ति सुरक्षामा नेपाल प्रहरी निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश प्रहरीले आज धनगढीमा आयोजना गरेको ६९औँ प्रहरी दिवसको अवसरमा बोल्दै उहाँले विभिन्न कालखण्डमा नेपाल प्रहरीले धेरै चुनौतीको सामना गर्दै अगाडि बढेको उल्लेख गर्नुभयो । “अहिले पनि सीमित स्रोत, साधनबीच नेपाल प्रहरीले आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने चुनौति छ, तैपनि आफ्नो काम, कर्तव्यप्रति दृढ छ”, उहाँले भन्नुभयो । मुलुक सङ्घीयतामा गएपनि सङ्घीय सरकारले बनाउनुपर्ने ऐन, कानुन नबनेका कारण प्रदेशका कतिपय अधिकार  अन्योलमै रहेको मुख्यमन्त्री शाहको भनाइ छ । “यसैभित्र प्रहरी समायोजन पनि पर्दछ, प्रहरी समायोजन हुन्छ, हुँदैन त्यसको जवाफ सङ्घीय सरकारले दिनुपर्दछ, नेतृत्वले दिनुपर्दछ,” उहाँले भन्नुभयो ।

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ 

 यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा सम्सी गाउँपालिका–७ बस्ने २८ वर्षीय रामस्नेही साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता सन्तुलालप्रसाद जैसवारले बताए । बीआर ३० एएफ ३८७६ भारतीय नम्बरको मोटरसाइकलमा चढेर मनरासिश्वा नगरपालिका–२ स्थित भोल्ही चोक जाँदै गरेका साहलाई प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा निजले लुकाएर बोकेको अवस्थामा स्रोत नखुलेको उक्त नगद बरामद गरेको प्रहरीले जनाएको छ । शाहले शरीरका विभिन्न भागमा लुकाएर बोकेको  अवस्थामा स्रोत नखुलेको रु एक हजार दरका नोट आठ सय एक थान र रु पाँच सयका नोट नौ थान बरामद गरेको हो ।

रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो देखियो 

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको बताएको छ । सरकारले आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिएको बताएको हो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको एक सय दिन पुग्न लागेको सन्दर्भमा धारणा सार्वजनिक गर्दै रास्वपाले सरकारले घोषित प्रतिबद्धता पुरा गर्ने संकेत समेत देखाउन नसकेको बताएको छ ।

एयरबसले आफ्नो अन्तरिक्ष विभागमा २५०० सम्म रोजगारी कटौती गर्ने
 

 एयरबसले आफ्नो सङ्घर्षरत उपग्रह विभागमा दुई हजार पाँच सयसम्म रोजगारी कटौती गर्ने योजना बनाएको एक स्रोतले बुधबार जानकारी दिएको छ । यो युरोपेली एयरोस्पेस उद्योगका लागि समस्याको पछिल्लो सङ्केत हो। व्यवस्थापन र श्रमिक सङ्घहरू बीचको वार्तासँग नजिकको स्रोतका अनुसार विमान निर्माण कम्पनीले बुधबार बिहान कर्मचारी प्रतिनिधिहरूलाई सूचित गर्न थालेको छ । यसले आफ्नो सम्पूर्ण रक्षा र अन्तरिक्ष विभागलाई प्रभावित गर्नेछ । एयरबस र त्यहाँका मुख्य फ्रान्सेली श्रमिक सङ्घहरूले कर्मचारी प्रतिनिधिहरूसँग दिउँसोको बैठकअघि टिप्पणी गर्न अस्वीकार गरेका छन् । रोजगारी कटौतीको विवरण तत्काल थाहा हुन नसकेको नाम उल्लेख नगरी स्रोतले भनेको छ । विभागमा ३५ हजार कर्मचारी कार्यरत छन् र गत वर्ष एयरबसको ६५ अर्ब ४० करोड अरब युरोको आम्दानीमध्ये लगभग दुई अर्ब युरो (दुई अर्ब २० करोड डलर डलर) यसैबाट आएको थियो ।

पाटन प्रिमियर लिग सुरू : मन्त्री भण्डारीद्वारा उद्घाटन 

 यहाँको पाटनमा आजदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताउनुभयो ।  मन्त्री भण्डारीले भन्नुभयो, “खेलका माध्यमबाट नेपाल विश्वभरि चिनिएको छ । सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । खेलमैदान बनाउन सरकार सक्रिय छ ।” बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएको र यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  यसका साथै मन्त्री भण्डारीले राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेका बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय दायित्व पूरा गर्न मूलधारका दुई ठूला पार्टी मिलेर सरकार बनाएका हौँ । बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छाैं । निरासालाई आशा र भरोसाका बदल्न सरकार लागेको छ ।

धौलागिरिमा ज्यान गुमाएका आरोहीको शव इटली आधार शिविर झारियो

दश दिनअघि धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर इटली आधार शिविर झारिएको छ ।    सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रसियाका पाँच जना पर्वतारोहीको शव सङ्कलन गरेर आज चार हजार मिटर उचाइको इटली आधार शिविर झारिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले एक वटा शव हेलिकप्टरले सिधै काठमाडौँ लगेको र चार वटा शव इटली आधार शिविरमा झारिएको जानकारी दिनुभयो ।  एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित टे«कका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाहरुको टोलीले शव उठाएका थिए । उद्धारमा समन्वय गर्नुभएका म्याग्दी दानाका इन्द्रसिंह शेरचनले मौसम अनुकूल भएमा बाँकी चार वटा शव पनि इटली आधार शिविरबाट आजै काठमाडाँै लैजाने तयारी भएको जानकारी दिनुभयो ।

कान्छी श्रीमतीलाई श्रीमान्‌ले चक्कु प्रहार गरेर , सौताले लगिन् अस्पताल 

रूपन्देहीको देवदह नगरपालिका-९ भलुहीमा श्रीमान्‌ले एक महिलाको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी डीएसपी लक्ष्मी खनालका अनुसार ४० वर्षकी सुनिता भट्टराई चौधरीको मंगलबार बेलुका हत्या भएको हो।  दसैँमा टिका लगाउन माइत गएकी सुनिता मंगलबार बेलुका मात्रै घर फर्किएकी थिइन्। घर फर्किनासाथ श्रीमान् ५० वर्षका दशरथ चौधरीसँग झगडा भएको र उनले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ।  सुनिता बुटवल ११ स्थित माइती घर गएर फर्किँदा श्रीमान् घरमा स्याउ खाँदै थिए। उनले स्याउ काटेको चक्कुले नै उनलाई प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई जेठी श्रीमती (सुनिताकी सौता) ले स्थानीयको सहयोगमा अस्पताल लगेकी थिइन्।

 पाँच दिनपछि इजरायलद्वारा लेबनानको राजधानी बेरुतमा आक्रमण  

करिब पाँच दिनपछि इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा फेरि आक्रमण गरेको छ। दक्षिणी लेबनानको नबाटिया सहरमा इजरायली हमलामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। मारिनेहरूमध्ये नबातीहका मेयर पनि थिए। मङ्गलबार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो। इजरायलले भनेको छ कि आक्रमणले भूमिगत हेजबुल्लाह गोदामलाई लक्षित गरेको छ। यसअघि लेबनानका अधिकारीहरूले हालैका आक्रमणहरूमा लेबनानको दक्षिणी क्षेत्रमा धेरै मानिस मारिएको बताएका थिए।