ट्रम्पको चुनावी अभियानमा एलन मस्कले गरे साढे ७ करोड अमेरिकी डलर सहयोग

 आगामी नोभेम्बर ५ मा विश्व शक्ति राष्ट्र अमेरिकी राष्ट्रपतिको चुनावले यतिबेला विश्व समुदायको ध्यान खिचेको छ ।

राष्ट्रपतिका लागि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान उपराष्ट्रपति कमला ह्यारिस आमनेसामने भएका छन् ।

संयुक्त राज्य अमेरिकामा आसन्न निर्वाचनमा मतदाताहरूले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार ह्यारिस र रिपब्लिकन पार्टी उम्मेदवार ट्रम्पमध्ये एक जनालाई रोज्न पाउनेछन् । ह्यारिसलाई राष्ट्रपति जो बाइडेनको समर्थन छ भने ट्रम्पको पक्षमा विश्वकै धनी वैज्ञानिक उद्यमी एलन मस्क खुलेर लागेका छन् । 

मस्कले ट्रम्पको चुनावी अभियानलाई आर्थिक सहयोग पनि गरिरहेका छन् । उनले तीन महिनाको अवधिमा साढे सात करोड सहयोग गरेको खुलासा भएको छ । अमेरिकी सरकारी अधिकारीले मस्कले उक्त रकम ट्रम्पलाई सहयोग गरेको खुलासा गरेका हुन् ।

स्ला, स्पेश एक्स  र एक्स (ट्विटर)लगायत दर्जनौँ कम्पनीका मालिक मस्क केही समयअघि ट्रम्पमाथि आक्रमण भएपछि खुलेर पक्षमा लागेका थिए । केही समयअघिपेन्सीलभिया राज्यमा भएको चुनावी सभामा मस्क र ट्रम्प एउटै मञ्चमा देखिएका थिए । त्यो त्यही ठाउँ हो जहाँ १३ जुलाईमा ट्रम्पको हत्या प्रयास गरिएको थियो ।