जहाजमा आगलागी हुँदा ८ जनाको मृत्यु

 दक्षिणी म्यानमारको तानिन्थाइ क्षेत्रमा तेलको जहाजमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।तीन जना घाइते भएका र एक जना बेपत्ता भएका छन् ।

तानिन्थाइ क्षेत्रको दावेई टाउनसिपको बन्दरगाहमा एउटा तेल ट्याङ्करले अर्को तेल भण्डारण जहाजमा रिफिल गरिरहेको बेला तेल भण्डारण गर्ने जहाजमा आगो लागेको विभागले जनाएको छ ।

मृत्यु हुनेमा सात पुरुष र एक महिला रहेका छन् ।घाइते हुनेमा दुई पुरुष र एक महिला रहेको र बेपत्ता हुनेमा एक पुरुष रहेको बताइएको छ ।