प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंकले बढ्यो

काठमाडौँ, ३० असोजः  बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसूचक ५.१२ अंकले बढेर २७०४.७९ विन्दुमा पुगेको छ।

यो समयमा ४१ वटा स्क्रिप्सको ४ हजार ३९१ कित्ता सेयर २३ लाख ४१ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१ अंकले बढ्दा ३ अर्ब माथिको सेयर कारोबार भएको थियो।