६ वर्षीय छोरालाई भीरबाट बुबाले फाले !

काठमाडौँ, ३० असोजः  बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर बुबाले हत्या गरेका छन् । मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए।

उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले बताए ।

हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।