आज पनि ३ प्रदेशमा वर्षा हुने सम्भावना

आज पनि तीनवटा प्रदेशमा हल्का वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल देशभर पश्‍चिमी वायुको आंशिक प्रभाव छ। साथै, कोशी, वागमती र गण्डकीका पहाडमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ।

आज दिउँसो सबै प्रदेशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।   आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।