वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बिदालगत्तै ढुंगानाको अवकाश, सर्वाेच्चमा पुनः चारैपद खाली 

लामो दशैंबिदाबाट अदालत नियमित काममा फर्किएसंगै सर्वाेच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाले अनिवार्य अवकाश लिनुपर्ने भएपछि सर्वाेच्च अदालतमा चारै पद रिक्त हुने भएका छन् ।  पैसठ्ठी बर्षे उमेर हद्का कारण ढुंगानाले कात्तिक ४ गते सर्वाेच्च अदालतबाट अवकाश पाउनेछन् । ढुंगाना पनि त्यस्ता भाग्यमानी व्यक्ति हुन जो पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको साला नाताका व्यक्ति हुन र उनी न्यायपरिषद्को सचिवबाट उच्च अदालतको न्यायाधीश हुंदै मुख्य न्यायाधीश, उच्चको न्यायाधीश र सर्वाेच्चको न्यायाधीश बन्ने सौभाग्य पाएका व्यक्ति हुन् । सर्वाेच्च अदालत नातावाद, कृपावाद र फरियावादको चरम नमूना बन्न गएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले केहीदिन न्यायालयको बागडोर सम्हालेपनि खाली पदमा नियुक्ति सुरु नगर्दै पुनः न्यायाधीशहरु अवकाशमा गईरहेका छन् ।  उच्च अदालतका दुई मुख्यन्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वाेच्चको न्यायाधीशमा सिफारिस भएतापनि उनीहरुले संसदीय सुनुवाई भई काम थाल्न केही समय लाग्नेभएकाले सर्वाेच्च अदालतमा छवटा पद रिक्त हुंदा न्यायसम्पादनमा समस्या देखापरेको छ ।

https://barnanmedia.com/news/detail/198708/ 

एमालेमा लगानी गरेर मीनबहादुरले निम्त्याएको जोखिम

यो दसैँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८ लाख सदस्यलाई विशेष उपहार सार्वजनिक गरे । विगत ९ वर्षदेखि विभिन्न ठाउँमा डेरा सर्दै आएको एमालेलाई नयाँ ठाउँमा जग्गा जोडी घर बनाउने योजना नै उनले सार्वजनिक गरेको उपहार थियो । तर त्यो उपहार अध्यक्ष ओलीको प्रतापले सम्भव भएको होइन । नेपालको सबैभन्दा ठूलो ग्रोसरी चेन भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यवस्था गरिदिएका हुन् । अर्थात् खास उपहारदाता गुरुङ हुन् । 

https://barnanmedia.com/news/detail/198748/ 

एमालेमा लगानी गरेर मीनबहादुरले निम्त्याएको जोखिम 

यो दसैँमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना ८ लाख सदस्यलाई विशेष उपहार सार्वजनिक गरे । विगत ९ वर्षदेखि विभिन्न ठाउँमा डेरा सर्दै आएको एमालेलाई नयाँ ठाउँमा जग्गा जोडी घर बनाउने योजना नै उनले सार्वजनिक गरेको उपहार थियो ।  तर त्यो उपहार अध्यक्ष ओलीको प्रतापले सम्भव भएको होइन । नेपालको सबैभन्दा ठूलो ग्रोसरी चेन भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले व्यवस्था गरिदिएका हुन् । अर्थात् खास उपहारदाता गुरुङ हुन् ।  गुरुङले करिब ११ रोपनी जग्गा मात्र होइन, त्यहीँ एउटा टावर पनि ठड्याइदिने भएका छन्, मदन भण्डारी स्मारक टावर । सम्भवतः नेपालमा कुनै एक व्यापारीले पार्टीविशेषलाई सार्वजनिकरुपमा दिएको यो अहिलेसम्मकै ठूलो ‘चन्दा’ पनि हो ।

https://barnanmedia.com/news/detail/198773/

क्यानडाका राजदूतमाथि छानबिन गर्ने क्यानडाको कदमप्रति भारतको असन्तुष्टि 

 गत वर्ष एक सिख पृथकतावादी नेताको हत्यापछि ओटावाले आफ्ना राजदूत र अन्य कूटनीतिज्ञमाथि अनुसन्धान गरिरहेको भन्दै भारतले सोमबार क्यानडाको आलोचना गरेको छ। सन् २०२३ मा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय गुप्तचर निकायलाई अपराधसँग जोड्ने ‘विश्वसनीय आरोप’ लागेको बताएपछि भारतसँगको कूटनीतिक सम्बन्ध बिग्रिएको थियो । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानडाबाट जारी अनुसन्धानमा भारतीय उच्चायुक्त र अन्य कूटनीतिज्ञहरू घटनामा संलग्न रहेको आशङ्काको घेरामा राखिएको भनेर कूटनीतिक पत्र प्राप्त भएको छ।”

बाढीले दुई करोडको तरकारी बाली क्षति 

   यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा रु दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ ।  सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो । बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ”, प्रमुख सिंहले भन्नुभयो । 

इजरायल र लेबनानको युद्ध चर्किएसँगै नेपाली शान्ति सेना जोखिममा 

अहिले इजरायल र लेबनानको युद्ध चर्किएको छ । इजरायल र हमासबीचको युद्ध अब इरान समर्थित लेबनानको शसस्त्र समूह हिज्बुल्लाहसँग विस्तार भएसँगै लेबनान अर्को गाजा बन्ने होकी भन्ने आशंका बढेको छ । शक्तिशाली मिसाइलको वर्षा भइरहेको छ । पछिल्ल्लो गाजा युद्धयता हिज्बुल्लाहले इजरायलमा ९ हजारभन्दा बढी मिसाइल आक्रमण गरी करिब ७० हजार इजरायलीलाई घरबारविहीन बनाइसकेको छ । तर, यो युद्धको चपेटामा परेका छन्, इजरायल र लेबनानी सीमामा खटिएका शान्ति सेना । त्यो सूचीमा नेपाली सैनिकहरू पनि कार्यरत छन्। स्रोतका अनुसार इजरायल र लेबनानको सिमानामा ८७७ बढी नेपाली शान्ति सेना छन् । तर युद्ध चर्किएसँगै उनीहरुको सुरक्षामा प्रश्न खडा भएको हो ।

अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

अमेरिका र बेलायतका तीन वैज्ञानिकलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । विजेताहरूमा टर्किस–अमेरिकन ड्यारेन एसेमोग्लु, ब्रिटिश-अमेरिकन साइमन जोन्सन र बेलायती जेम्स ए रोबिन्सन रहेका छन् । उनीहरुले विभिन्न राजनीतिक तथा सामाजिक संस्थाको गठन र समाजको प्रगतिमा पार्ने प्रभावका विषयमा अनुसन्धान गरेबापत यो पुरस्कार पाएको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ । तीनवटै अर्थशास्त्रीले वर्षौंको प्रयासपछि पनि गरिब मुलुकले धनी मुलुकजस्तो विकास गर्न नसकेको निष्कर्ष निकालेका छन् ।उनीहरूले समाजमा राजनीतिक संस्थाहरूको प्रभावलाई ३ तरिकामा व्याख्या गरेका छन् । पहिलो( स्रोतहरू कसरी बाँडफाँड गरिन्छ ? समाजमा निर्णय गर्ने अधिकार कसलाई छ ? यही आधारमा धनी वर्ग र आम जनताबीच कस्तो द्वन्द्व छ ? दोस्रो, जनता संगठित हुन्छन् र कहिले शासक वर्गलाई धम्की दिन्छन् । यसो गरेर उसले सरकारलाई आफ्नो कुरामा सहमत गराउँछन् । तेस्रो( धेरै पटक धनी शासक वर्ग जनतालाई निर्णय गर्ने अधिकार सुम्पन बाध्य हुन्छन् ।

पाल्पामा कार दुर्घटना हुँदा पाँच जना घाइते 

पाल्पामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो साढे ३ बजे तानसेन नगरपालिका-१ नारायणडाँडास्थित तानसेन-रानिमहल सडकमा कार दुर्घटनामा परेको हो।कार दुर्घटनामा पर्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए। लु १ ज ४९६८ नम्बरको गाडी आफै अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

पौडी खेल्ने क्रममा बेपता बालिका मृत फेला 

 ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीस्थित मैवाखोलामा पौडी खेल्ने क्रममा बेपत्ता एक बालिका आज मृत फेला परेकी छिन् ।  बेपता भएकी १२ वर्षीया आइतरानी शेर्पा आठराई त्रिवेणी गाउँपालिका–४ ओडारेमा मृत भेटिएकी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।  

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा : एक जना पक्राउ

 १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बारबर्दिया नगरपालिका-६ बस्ने २० वर्षीय सन्तराम थारू आइतबार साँझ पक्राउ परेका हुन् । थारूले ती किशोरीलाई सोही नगरपालिका-१० गुमस्तास्थित धधबारदेखि गुमस्ता गाउँ जाने बाटोमा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कतर्नियाघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मेची–महाकाली उद्धार यात्रा : झापाबाट १० जनाको उद्धार 

 झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो । 

नयाँदिल्लीमा आतिशबाजी गर्न प्रतिबन्ध 

 वायु प्रदुषण नियन्त्रणका लागि भारतको सङ्घीय राजधानी नयाँदिल्लीमा आतिशबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ ।  यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यस अघि लगाइएका प्रतिबन्धहरूको श्रृङ्खलामध्ये कडा आदेश हो । भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिशबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भएपनि व्यापक रूपमा उल्लङ्घन हुने गरेको छ।

हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि पुनः हवाई उडान

सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरू भएको छ । यहाँ दसैंको अघिल्लो दिन मात्र हवाई उडान भएको थियो । त्यसयता यात्रु अभावले हवाई उडान हुन सकेको थिएन । तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन प्रमुख छिरिङ लामाले बताए । आज नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको उनले बताए ।
दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मरे 

 चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् । एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।