पाल्पामा कार दुर्घटना हुँदा पाँच जना घाइते

पाल्पामा कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सोमबार दिउँसो साढे ३ बजे तानसेन नगरपालिका-१ नारायणडाँडास्थित तानसेन-रानिमहल सडकमा कार दुर्घटनामा परेको हो।

कार दुर्घटनामा पर्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुनिल मल्लले जानकारी दिए।

लु १ ज ४९६८ नम्बरको गाडी आफै अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।

उक्त कारमा १३ जना सवार थिए। जसमध्ये पाँच जना घाइते भएको र उनीहरूको उपचारको लागि मिसन अस्पतालमा पठाइएको छ।