महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ ।

एन्फाले सोमबार २३ सदस्यीय टिमको घोषणा गरेको हो । साफ महिला फुटबल च्याम्पियनसिप आगामी बिहिबारदेखि काठमाडौँमा हुँदै छ ।  यस प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदै छन् । नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल बिहिबार भारत र पाकिस्तानबीच हुँदै छ । नेपालले भने शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन । नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।