२७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा इभानाको जित

काठमाडौं । नेपाली टेबल टेनिस खेलाडी इभाना थापाले काजकस्तानको आस्तनामा जारी २७ औं एसियन टेबल टेनिस च्याम्पियनसिपमा पहिलो चरणमा जित हासिल गरेको छिन्।

इभानाले बिहीवार आयोजक काजकस्तानकी एनल बाखेतलाई ३-२ ले हराएकी थिइन्। इभानाले ८-११,१२१०,६-११,१२-१०,११-४ नतिजा आफ्नो पक्षमा‌ पारेकी छिन्।

वेमन्स सिंगल्सको अन्तिम ६४ मा इभानाको खेल शुक्रवार रहेको अखिल नेपाल टेबल टेनिका महासचिव कुवेरप्रकाश सिंहले जानकारी दिएका छन्।