आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

 आज ५ वटा प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। यस्तै, देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तरी भेग तथा भारत पश्‍चिम बंगाल आसपास विकसित न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ।

आज दिउँसो कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्‍चिमका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।  आज राति कोशी र वागमतीका थोरै तथा बाँकी प्रदेशका १-२ स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।