मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

काठमाडौँ, २० असोज : नेपाल खो खो सङ्घले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष तथा महिला टोलीको घोषणा गरेको छ ।

कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो सङ्घले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो सङ्घले जनाएको छ । पुरुष र महिलातर्फ समान १५–१५ खेलाडी छनोट गरिएको खो खो सङ्घका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो । 

छनोट भएका पुरुष खेलाडीमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन् ।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोदराय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।

यस्तै महिलातर्फ सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छनोट भएका छन् ।

प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक खेलाडीको सूचीमा छन् ।

मैत्रीपूर्ण प्रतियोगिता यहि असोज २१ र २२ गते हुनेछ । प्रतियोगितामा भारतको पनि राष्ट्रिय टोलीको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी दिनुभयो ।