गोरखामा क्रेन दुर्घटना एकजनाको मृत्यु

गोरखा जिल्लाको गोरखा नगरपालिका–१० हुल्चेस्थित सडकमा एउटा क्रेन दुर्घटनामा परेर एकजनाको निधन भएको छ। 

जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सडकबाट २० मिटर क्रेन खोल्सामा खसेर दुर्घटना भएको र सोही क्रेनले च्यापिएर अन्सारीको मृत्यु भएको हो।

क्रेन चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।