अदालत पारदर्शी छ : प्रधानन्यायाधीश राउत

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अदालत पारदर्शी भएको बताउँदै न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानन्यायाधीश राउतले पद तथा गोपनीयताको शपथ लिएपछि सर्वोच्च अदालतमा पदबहाली गर्दै उनले मुद्दाको चाप घटाएर न्यायालयको साख बढाउनेतर्फ लाग्ने बताए।

“नेपालको न्यायालय लयमा फर्केको छ, त्यो गौरवको विषय हो। अदालत पारदर्शी छ, म न्यायको पवित्रतालाई उचाइमा पुर्‍याउन प्रयत्न गर्नेछु,” उनले भने, “ न्यायिक सुधार अनिवार्य शर्त हो, त्यसको विकल्प छैन, आन्तरिक रुपमा पनि कटिबद्ध र प्रतिबद्ध छौँ, न्यायपालिकाको साख र विश्वसनीयता अझै बढाउन लाग्नेछु।”

नेपालको न्यायालयको ३२औँ प्रधानन्यायाधीशका रुपमा राउतले करिब १८ महिना न्यायालयको नेतृत्व गर्नेछन्। प्रधानन्यायाधीश राउतले २०८२ चैत १८ गते उमेर हदका कारण सेवाबाट अवकाश पाउनेछन्। उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश भएका थिए।

विसं २०१७ चैत १८ गते उदयपुरमा जन्मिएका प्रधानन्यायाधीश राउतले नेपाल ल क्याम्पसबाट स्नातक गरेका छन्। उनले २०३९ सालदेखि २०७२ सालसम्म ३३ वर्ष कानून व्यवसायीका रुपमा काम गरेका थिए। 

कानून व्यवसायीका रुपमा काम गर्दा उनी नेपाल बार एसोसिएशनको अध्यक्षसमेत भएका थिए।

 

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

दसैँ बिदामा सर्वोच्चमा बन्दीका मुद्दा र पक्राउ पुर्जीबारे सुनुवाइ हुने

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

बार अध्यक्ष घिमिरेलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्ने अवसर !

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

के बार-बेन्च दूरी घट्न लागेको हो?, यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशकाे रणनीति

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

जोशीलाई गैरकानुनी थुनामा राखेको भन्न मिल्दैन : सर्वोच्च

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा (पूर्णपाठ)

ललिता निवास प्रकरणमा राजनीतिक नेतालाई जोगाउने विशेषको फैसलाविरुद्ध अख्तियार…

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’ मा

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ : सर्वोच्च

प्रेस र वाक स्वतन्त्रताका सीमा छन्, सत्य परीक्षण गर्नु सञ्चारमाध्यमको दायित्व हुन्छ …

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान

सिधा कुरा डटकमका प्रकाशक कंडेल र कार्यकारी सम्पादक ढुंगाना जेल चलान