आइसीसी महिला टि–२० विश्वकपमा भारतले पहिलो जित

 आइसीसी महिला टि–२० विश्वकपमा भारतले पहिलो जित हासिल गरेको छ।

पहिलो जित निकाल्ने क्रममा भारतले आइतबार पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो। पाकिस्तानले दिएको १०५ रनको लक्ष्य भारतले सात बल अघि चार विकेट गुमाएर पूरा गर्यो। 

भारतको जितमा सिफालि बर्माले सर्वाधिक ३२ रन बनाइन्। यस्तै हरमनप्रित कौरले २९, जेमिमा रोड्रिगेजले २३ रन बनाइन्। त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाए १०५ रन बनाएको थियो।

जारी विश्वकपमा भारतको पहिलो जित हो भने पाकिस्तानको पहिलो हार हो। समूह ए मा रहको दुबै टोलीले दुई खेलबाट दुई अंक जोडेका छन्।