वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बोलीको भर नभएका प्रचण्ड !

 माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बोलीको ठेगान नभएका नेता हुन्। बोलीकै ठेगान नभएकाले होला उनलाई खेलकुदमा विभिन्न नामले चिनिन्छ। कसैले उनलाई कलाकार भन्छन् । फिल्म क्षेत्रमा हुँदा अधिकांश फिल्ममा खलनायकको भूमिका निर्वाह गरेकाले उनलाई केही खेलकुदका खलनायक भन्न रुचाउँछन्।   शक्ति क्षयीकरण हुँदा पार्टीको एकल बलमा आफै चुनाव लड्न सक्ने स्थितिमा छैनन् प्रचण्ड। उनी हरेक चुनावमा निर्वाचन क्षेत्र फेरिरहेका छन्, फरकफरक दलसँग गठबन्धन गरिरहेका छन्।तर, कांग्रेस र एमालेसँग अदलबदल गठबन्धन गरेको चानचुन डेढ वर्षको सत्तारोहण गुमाएपछि प्रचण्ड अचेल अनेकथरी बोल्दै हिँडेका छन्। कांग्रेस र एमालेबीच गठबन्धन हुँदा उनले भ्रष्टाचारका फाइल खोल्न थालेपछि सरकार ढालियो भन्ने आरोप लगाए। अझ संविधान संशोधनको विषय उठाउँदा समानुपातिक प्रणाली खारेज गर्न लागियो भन्दै भ्रम छरे।

https://barnanmedia.com/news/detail/197690/

प्रधानन्यायाधीश राउतले आज शपथ लिँदै, डेढ वर्ष न्यायालय हाँक्ने 

नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ आज हुने भएको छ । राष्ट्रपति भवनमा आज  १:३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवासले जनाएको छ । राउत नियुक्त भएको पत्र हिजै प्राप्त भई  आइतबार शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले आजै कार्यभार सम्हाल्ने कार्यक्रमको लागि तयारी गरिरहेको छ । सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ । बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ । बिदाकै दिन भए पनि आज राउतले पदभार ग्रहण गर्न लागेका हुन् ।

प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा पचास लाख हस्तान्तरण 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज रु ५० लाख (पार्टीका सांसदहरुको आधा महिनाको पारिश्रमिकसमेत) हस्तान्तरण गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलीलाई भेटेर सभापति देउवाले ३४ बुँदे सुझावपत्र तथा चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षले एकताबद्ध भएर सामना गर्नुपर्ने मुख्य भावनासहित दिएका सुझाव मननीय भएको बताउनुभयो । उहाँले विपदले कुनै जात, उमेर र धर्म नभनी सबैलाई सङ्कटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ (लिड) गर्ने विश्वास दिलाउनुभयो ।

रुकुम पश्चिममा आठ किलो लागुऔषध अफिमसहित दुईजना पक्राउ

  रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन् । जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् । शुक्रबार राति  सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् । 

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ : अध्यक्ष दाहाल 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छाँै भन्ने आधार देशभरि घुमेर देखेको छु”, उहाँले भन्नुभयो । फरक प्रसङ्गमा उहाँले बाढीपहिरोजस्ता विपद्मा सबै एक हुनुपर्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण
 

 गृहमन्त्री रमेश लेखकले ललितपुरको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ  गृहमन्त्री लेखकले ललितपुर जिल्लास्थित बाढीपहिरो प्रभावित गोदावरी, देवीचौर, टिकाभैरव लगायत विभिन्न क्षेत्रको निरीक्षण गर्नुभएको हो ।  बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिलाई लाभग्राहीको विवरण पठाउन निर्देशन दिनुभयो ।  उहाँले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको बताउनुभयो ।  सरकारले बाढीपहिरो समस्यालाई गम्भीर रुपमा लिएको भन्दै उहाँले सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण, नागरिकको जनजीवन सहज बनाउने लगायत बसोवास व्यवस्थापनको लागि सरकार लागिपरेको बताउनुभयो । विपदमा सबै एकाकार भएर काम गर्नुपर्ने बताउनुभयो । 

सञ्चार ऐन पुनरावलोकन गर्न प्रदेश सरकार तयार 

 मधेस प्रदेशको सञ्चार ऐन संशोधन वा पुनरावलोकन गर्न प्रदेश सरकार तत्पर देखिएको छ । आज महोत्तरीको बर्दिबास–४ मा आयोजित प्रदेश सञ्चार ऐन तथा नियमावलीसम्बन्धी सञ्चारसम्बद्ध प्रतिनिधिबीचको अन्तरक्रियामा गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले यस कार्यका लागि सरकार तयार रहेको बताउनुभयो ।  उहाँले निश्चित विधि प्रक्रियाबाट यो कार्य अघि बढाइने प्रतिबद्धतासमेत जनाउनुभयो । “सञ्चारसम्बद्ध सङ्घसंस्था र पत्रकारजगत्बाट ऐेन र नियमावलीबारे प्रश्न निरन्तर उठ्दै आएका छन्, अहिलेको परिवेशमा ऐन र नियमावली अस्पष्ट लाग्न थालेको छ”, मन्त्री लेखीले भन्नुभयो, “सरोकारवालासँगको थप छलफलबाट ऐन संशोधन वा पुनरावलोकन गर्न सरकार तयार छ ।”

पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने 

लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो।  परिषद् सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरी दिएको छ।

खुर्कोटमा सेनाले बनाउन थाल्यो बेली ब्रिज

सिन्धुली र रामेछाप जिल्ला जोड्ने पुल बाढीले बगाएपछि सेनाले त्यहाँ बेली ब्रिज बनाउन थालेको छ । सेनाले बीपीराजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली ब्रीज बनाउन थालेको हो । ११ र १२ असोजको अविल वर्षापछिको बाढीले सो पुल बगाउँदा राजधानी काठमाडौंसँग पूर्वको सडक सम्पर्क टुटेको थियो ।

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण 

सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ ।   इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो ।  आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन ।   सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ ।

भुवन केसी शेफर्ड कलेजको सद्भावना दूत नियुक्त 

 कलाकार/फिल्म निर्माता तथा निर्देशक भुवन केसी शेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीको विशेष सद्भावना दूत नियुक्त भएका छन् ।शान्तिनगरस्थित कलेजमा आइतबार आयोजित कार्यक्रममा यससम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कलाकार केसी र कलेजको तर्फबाट प्रवन्ध निर्देशक तरुणप्रताप शाहले हस्ताक्षर गरेका छन् । केसी चार वर्षका लागि शेफर्ड कलेजको सद्भावना दूत बनेका हुन् ।

दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना

नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ ।  नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।

काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीकाे विजयी सुरुआत 

 काभा पुरुष यु–२० च्याम्पियनसिपमा नेपाली युवा टोलीले विजयी सुरुआत गरेको छ।श्रीलंकाको कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकाको चलनेछ।नेपाली 

विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्को सामनाका लागि सबै पक्ष मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरूले हालै उत्पन्न विपद् जोखिम न्यूनीकरण र खोज, उद्धार तथा राहत विरणका कामलाई व्यवस्थित गर्न गरेको ध्यानाकर्षपश्चात् उहाँले यस्तो बताउनुभएको हो । 

सडकबाट पुग्न सकिएन, ड्रोनमार्फत राहत पठाइदैँ 

 बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ ।  भौगोलिक विकट्ताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने अवस्था भएपछि हामी नेपाल, एयरलिफ्ट टेक्नोलोजीको सहकार्य तथा सामाजिक अभियन्ता परीक्षण हुमागाईको पहलमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाइएको हो ।

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण 

सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा इजरायली क्षेप्यास्त्रले प्रहार गरेको सिरियन मानव अधिकार संस्थाले जनाएको छ । इजरायलले होम्सको दक्षिणी ग्रामीण इलाकामा रहेको हस्या औद्योगिक क्षेत्रस्थित कारखानामा हवाई आक्रमण गरेको हो । आक्रमणको समयमा कारखाना खाली भएकाले आक्रमणको कारण पुष्टि हुनसकेको छैन ।  सिरियाको सरकारी टिभीले हस्याको एउटा कारखानाबाट विस्फोटको आवाज सुनिएको र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताएको छ ।

चलचित्र ‘जारी’ भोली युट्युबमा आउने 

अभिनेता दयाहाङ राई र मिरुना मगर अभिनीत चलचित्र जारी भोली युट्युबमा आउने भएको छ ।बाँसुरी फिल्म्स युट्युबले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त जानकारी दिएको हो । बाँसुरी फिल्म्सले भोली सोमबार ५:४५ बजे बेलुका चलचित्र जारी हेर्न सबैलाई आग्रह गर्दै बाँसुरी फिल्म्सको युट्युब च्यानलमा उक्त चलचित्र आउने जानकारी दिएको छ