गुल्सन झा नेपाल प्रिमियर लिगमा कर्णाली याक्सबाट खेल्ने

अलराउण्डर गुल्सन झा नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

उनलाई लुम्बिनी लायन्स बाहेक अन्य सबै ७ टोलीले मूल्य लगाएका थिए। न्यूनतम मूल्य गुल्सनले १० लाख राखेका थिए। उच्चतम् १५ लाखमा ७ टोली पुगेका थिए।

उनलाई लक्की ड्र मा कर्णालीले पाएको हो। पछिल्लो दुई वर्षदेखि उनले नेपालको टोलीबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।हाल क्यानडामा राम्रो गर्दा सबैको ध्यानमा तानिएका थिए।

सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन्।