खुर्कोटमा सेनाले बनाउन थाल्यो बेली ब्रिज

सिन्धुली र रामेछाप जिल्ला जोड्ने पुल बाढीले बगाएपछि सेनाले त्यहाँ बेली ब्रिज बनाउन थालेको छ ।

सेनाले बीपीराजमार्ग र पुष्पलाल राजमार्गको सुनकोशी नदीमाथि बेली ब्रीज बनाउन थालेको हो । ११ र १२ असोजको अविल वर्षापछिको बाढीले सो पुल बगाउँदा राजधानी काठमाडौंसँग पूर्वको सडक सम्पर्क टुटेको थियो ।