अविनाश बोहोरा १२ लाखमा सुदूरपश्चिम रोयल्समा अनुबन्ध

 दायाँ हाते बलर अविनाश बोहोरा आगामी मंसिर तेस्रो साता हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्।

काठमाडौँमा आइतबार भएको अक्सनमा बोहोरलाई खरिद गर्नका लागि कर्णाली र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो। जसमा सुदूरपश्चिम रोयल्सले उनलाई १२ लाखमा बाजी मारेको हो ।