स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध

 नेपाली राष्ट्रिय टोलीका स्पिनर सागर ढकाल पोखरा एभेन्जर्समा अनुबन्ध भएका छन्। 

क्याटोगरी ‘ए’ मा रहेका उनलाई सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सले अधिकतम १५ लाख रुपैयाँको बोली लगाएका थिए। गोलाप्रथाबाट उनी पोखरा पुगे।

उनको न्यूनतम मुल्य १० लाख रुपैयाँ थियो।