नेपाल प्रिमियर लिगको अक्सनमा सुरु

नेपाल प्रिमियर लिग (एनपिएल)को अक्सनमा सुरु भएको छ। 

सोल्टी होटलमा जारी अक्सनमा १६२ खेलाडी सहभागी छन्। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।

अक्सनका लागि ग्रेड ‘ए’ मा २७, ‘बी’ मा ३८ र ‘सी’ मा ७७ खेलाडी छन्। सहभागी ८ टोलीले अक्सनबाट १० खेलाडी छनोट गर्न पाउनेछन्। 

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता जनाउने छन्। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।