आफैले घरमै स्तन क्यान्सर यसरी जाँच गर्नुस् !

काठमाडौँ, २० असोज : महिलाहरूमा हुने क्यान्सर मध्ये स्तन क्यान्सर दोस्रो नम्बरमा रहेको छ । नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिएको चिकित्सकहरू बताउँछन् ।

स्तन क्यान्सर शुरुमै पत्ता लागेमा यसको उपचार सम्भव छ । स्तन क्यान्सर भए नभएको महिलाहरू आफैले घरमै पनि परीक्षण गर्न सक्छन् ।

स्तन क्यान्सर छ वा छैन भनेर कपडा फेर्दा वा नुहाउँदा सहजै थापा पाउन सकिन्छ । यस्तै ऐना अगाडि उभिएर वा ओछ्यानमा पल्टेर पनि यो जाँच गर्न सकिन्छ ।

स्तन क्यान्सर यसरी जाँच गर्नुस्

  1. –ऐन अगाडि उभिएर आफ्नो दुवै स्तनलाई हेर्ने । दुवै स्तनको समानता, आकार, बनौट, मुन्टोको अवस्था, छालाको रङ्ग र नरमपनाको फरकपन तथा स्तनको कुनै पनि भागमा रहेको गिर्खालाई ध्यान दिनुस् ।
  2. – दुवै हातलाई माथि उठाएर काखीमा देखा परेको केही परिवर्तनलाई ऐना अगाडि उभिएर हेर्ने ।
  3. – दुवै हातले कम्मरमा हल्का थिचेर ऐना अगाडि हेर्ने । यसो गर्नाले स्तनमा लुकेर बसेका केही परिवर्तन झन् प्रस्ट भएर आउन सक्छ।
  4. –देब्रे काखीको मुखी एउटा तकिया राख्ने र देब्रे हातलाई टाउको पछाडि राखेर सुत्ने । दाहिने हातको बीचमा तीन वटा औँलाको माथिल्लो एक तिहाइ भागले देब्रे स्तनलाई छामेर जाँच गर्ने । यसरी छाम्ने क्रममा घडी घुम्ने तरिकाको उल्टो वा सुल्टो दिशामा क्रमबद्ध रूपमा स्तनको सबै भागको जाँच गर्ने ।
  5. – दाहिने काखीको मुनी तकिया राखेर देब्रे हातले दाहिने स्तनको माथिकै प्रक्रिया अनुसार जाँच गर्ने । अन्तमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढी औँला र चोर औलाको बीचमा राखेर निर्चोने । स्तनको मुन्टोबाट केहि रगत वा फोहोर पदार्थ आउँछ की आउँदैन त्यो हेर्ने ।
  6. – स्तनको ५ भाग मध्ये प्रत्येक भागको क्रमबद्ध रूपमा छामेर जाँच गर्ने ।
  7. – नुहाउँदा पनि सरलताका साथ स्तन क्यान्सर छ वा छैन पत्ता लगाउन सकिन्छ । यसका लागि साबुन लगाएको हातले भिजेको स्तनको जाँच गर्न सकिन्छ । देब्रे हातले दाहिने स्तन तथा दाहिने हातले देब्रे स्तनको क्रमबद्ध रूपमा जाँच गर्ने ।