प्रि ओपन सेसनमा बढ्यो नेप्से

काठमाडौँ, २० असोज : काठमाडौं- प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । उक्त सेसनमा नेप्से ०.०२ अंकले बढेको छ ।

सेसन अवधिमा १२ लाख ७७ हजार ३९२ रुपैयाँ बराबरको १ हजार ९७५ कित्ता शेयर किनबेच भएको छ ।

सेसनमा १२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । सो अवधिमा ३० वटा कम्पनीको शेयर कारोबारमा आएका छन् । सेसनमा ४३ पटक शेयर किनबेच भएको छ ।