प्रहरी अस्पतालकी डाक्टर शिवानी सिंह वैशाखदेखि सम्पर्कविहीन, हाजिर हुन ताकेता(सुचनासहित)

गृह मन्त्रालयले प्रहरी अस्पतालमा कार्यरत डा शिवानी सिंह वैशाख २ गतेदेखि सम्पर्कविहीन रहेको जनाएको छ। प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा सिंहलाई सम्पर्कविहिन हुनुको कारणसहित हाजिर हुन ताकेता गरेको छ

मन्त्रालयले सूचना निकालेर डा सिंहलाई सात दिनभित्र गैरहाजिर  हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन भनेको छ। 

 डा सिंहले २०८१ वैशाख २ गतेदेखि लागू हुने गरी ४ दिनको भैपरी आउने बिदा स्वीकृत गराएकी थिइन्ई ।  फेरि थप घर बिदा १४ दिन, पुनः थप घर बिदा ३० दिन र फेरि घर बिदा ३० दिन गरी कुल ७८ दिनसम्म लगातार बिदा बसी उक्त बिदा भुक्तान गरेकी थिइन्।

त्यसपछि २०८१ साउन ६ गते  नेपाल प्रहरी अस्पतालमा हाजिर हुनुपर्नेमा उनी सम्पर्कविहिन बनेकी हुन्।

Capture-1728188467.JPG