चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किए

 चार दिने भुटान भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् ।

भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार पारिवारिक सदस्यहरूसहित धार्मिक भ्रमणमा भुटान पुगेका पूर्वराजा शाह आइतबार बिहान नेपाल फर्केका हुन् ।

पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए । भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए ।