के यात्रा गर्दा उल्टी आउछ, यी हुन उल्टि राेक्ने उपाए

लामो दुरी होस् या छोटो । कतिपयलाई गाडीमा चढ्नेबित्तिकै उल्टी आउन सुरु हुन्छ ।

यरी उल्टी आउनुको कारण हो– मोसन सिकनेस । जसका कारण थुप्रै मान्छे यात्रा गर्न डराउँछन् । यो कुनै रोग होइन ।जब यात्रा गर्दा हाम्रो शरीर हल्लिरहेको हुन्छ, तब आँखा, कानलगायतले दिमागलाई सूचना दिइरहेको हुन्छ । ती सूचनामा गडबडी भएमा दिमागले ठिकसँग संकेत पाउँदैन । र दिमाग अलमलिन पुग्छ । त्यस्तो अवस्थामा चक्कर वा वाक्वाकी लाग्न सक्छ ।

यस्तो बेला के गर्ने छ ?

कागती सुँघ्नुहोस्
यात्रामा निस्किँदै हुनुहुन्छ भने साथमा एउटा पाकेको रसिलो कागती अवश्य राख्नुहोस् । जब असहज हुन्छ तब कागती कोट्याएर सुँघ्नुहोस्, उल्टी आउन कम गर्नमा मद्दत पुग्छ ।

ल्वाङ खानुहोस्
थोरै ल्वाङ भुटेर पिन्नुहोस् । पिनेर एउटा डब्बामा राख्नुहोस् । यात्रामा निस्किनुअघि यसको एक चुट्की चिनी या बिरे नुनमा मिसाएर मुखमा राख्नुहोस् । उल्टी रोकिन्छ ।

कागती र पुदिना
कागती र पुदिनाको जुस तयार पारेर यात्रामा निस्किँदा बोक्नुहोस् । यो जुमा बिरेनुन राखेर यात्रामा थोरै–थोरै गर्दैै सेवन गर्नुहोस् । राहात मिल्छ ।

ताजा हावामा सास फेर्ने
कार या बसमा यात्रा गर्दै हुनुहुन्छ भने झ्याल खोलेर ताजा हावा आउन दिनुस् ।

टाढा हेर्ने
किताब या फोन हेर्दै हुनुहुन्छ भने बन्द गर्ने। टाढाका चिज हेर्दा राहत हुनसक्छ ।

पछाडि पल्टिने
सिट पछाडि धकेलेर पल्टिने र आँखा चिम्लिने । यसो गर्दा शरीर स्थिर रहन्छ ।

खानामा ध्यान दिने
यात्राभन्दा केही घण्टापहिले नै खाना खाने । टन्न नखाने । तारेको खाना नखाने। रक्सी, चुरोट नखाने ।

उल्टी रोक्ने औषधी
डाक्टरलाई सोधेर उल्टी रोक्ने औषधी पनि लिन सकिन्छ । यात्रा गर्नुभन्दा एक घण्टाअघि नै औषधी ।

अगाडिको सिटमा बस्ने
कारमा चालकसँगैको सिटमा बस्ने । बसमा पनि अग्रभागको सिटमा बस्ने ।

जिरा पाउडर
यात्राका लागि घरबाट निस्किनुअघि जिराको धुलो पानीमा मिलाएर पिउनुहोस् । यो पिउँदा उल्टी हुँदैन ।

अदुवा राखेको चिया
अदुवा राखेको चियामा एन्टी इमेटिक तत्व हुन्छ । यस्तो चिया पिउँदा उल्टी हुनबाट रोकछ ।