मियामीले टोरोन्टो एफसीलाई १–० ले हरायाे

अमेरिकी मेजर लिग सकरमा इन्टर मियामीले दश अंकको अग्रता बनाएको छ।

आइतबार बिहान भएको खेलमा मियामीले टोरोन्टो एफसीलाई १–० ले पराजित गरेको हो।मियामीको जितमा लेओनार्दो काम्पानाले इन्जुरी समयमा गोल गरे। 

जितसँगै ३३ खेल खेलेको मियामीले २१ खेल जित्दै ७१ अंक जोडेको छ। दोस्रो स्थानको ला ग्यालेक्सी एक खेल कम खेल्दा ६१ अंक जोडेको छ।

कप्तान लियोनल मेस्सी, लुइस स्वारेज र सर्जियो बुस्क्वेट खेलको ६१औं मिनेटपछि मैदान प्रवेश गरेका थिए।