अखिल क्रान्तिकारीको स्थगित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने

 नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको स्थगित भएको २३ औं राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने भएको छ ।

शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले स्थगित भएको अधिवेशन २३ र २४ मंसिरमा गर्ने निर्णय गरेको हो । यसअघि १० असोजदेखि सुरु भएको धिवेशनमा विवाद भएपछि बीचैमा स्थगित भएको थियो ।

अध्यक्ष मण्डलद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ – ‘आज मिति २०८१असोज १९ गते अध्यक्ष मण्डलको बैठक बसी संगठनको २३ औं राष्ट्रिय सम्मेलनको स्थगित भएको प्रक्रिया पुरा गर्न आगामी २०८१ मंसिर २३ र २४ गते सम्पन्न गर्ने निर्णय गरिएको छ ।’