वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

अबको अभियान– न्याय परिषद् र सर्वोच्च अदालतबाट दलीय कार्यकर्ता हटाऊ

 प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ यसै साता ४३ वर्षे न्याय सेवाबाट अवकाश पाउँदै छन् । उनी सर्वोच्च अदालतबाट बिदा भइसकेका छन् । उनी दल निरपेक्ष भए पनि विभिन्न दलीय स्वार्थका कारण उनको बिदाइ सुखद् हुन सकेन । खासगरी न्यायाधीश नियुक्तिलाई लिएर नेपाली कांग्रेसभित्रै दुई खेमाको टकराव भएपछि नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालप्रसाद घिमिरेले उत्ताउला अभिव्यक्ति र गतिविधि प्रकट गरे । यति मात्र होइन सर्वोच्च अदालतमै प्रशासन सम्हालेर बसेका गोविन्द घिमिरेले समेत उनलाई विवादमा ल्याउने काम गरे । 

https://barnanmedia.com/news/detail/197556/ 

सर्वाेच्चमा श्रेष्ठको कार्यकाल सकियो, राउतको सुरू 

 एक महिनाको कुलिङ विदामा विवादास्पद न्यायाधीश नियुक्ति गरेर प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो एकबर्षको न्यायिक नेतृत्वको कार्यकाल पूरा गरेका छन् भने प्रकाशमान सिंह राउतको कार्यकाल सुरु भइसकेको छ । राउतको संसदीय सुनुवाई समेत समाप्त भइसकेकोले दशैंका बिदामै सपथ हुने वा अदालत खुलेपछि नै भन्ने यकिन भइसकेको छैन । यद्यपी निमित्त प्रधानन्यायाधीशकै कार्यकाल समेत राउतको सुरु भइसकेकै छ ।  असोज १६ गते नै सर्वाेच्च अदालतबाट प्रधानन्यायाधीश श्रेष्ठ बिदाई भइसकेका छन् । आजसम्म उनको कार्यकाल रहेतापनि दशै बिदामा असोज १७ गतेदेखि नै दशैं बिदाका लागि अदालत बन्द भएकाले उनले असोज १६ मै बिदाई लिएका हुन ।  

https://barnanmedia.com/news/detail/197550/ 

इमरान खानका समर्थककाे प्रदर्शन, इश्लामावादको जनजीवन प्रभावित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ ।  पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो । निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानुनी अभियोगहरूमा अदालतले खानलाई सफाई दिएको छ । तर पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ।

काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बिग्रियो 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले काँग्रेस, एमाले र माओवादी केन्द्रका कारण मुलुक बन्न नसकेको बताएका छन् ।केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल लगायतका ठूला दलका नेताहरूले देशलाई बिगारेको उनको जिकिर थियो । झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए ।

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक 

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार साँझ ओएसआर डिजिटलको युट्युब च्यानलमा फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । फिल्म दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुने भएको छ । सार्वजनिक ट्रेलरमा मुख्य कथावस्तुसहित एक्सन, कमेडी, रोमान्स पनि समेटिएको छ ।फिल्ममा दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने कर्मचारीको भूमिकामा देखाइएको छ । फिल्ममा दीपाश्री निरौला निर्देशन गरेकी छन् ।

पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुल्यो

अविरल वर्षासँगै विभिन्न ठाउँमा गएको पहिरोले अवरुद्ध  मध्यपहाडी लोकमार्ग तीन दिनपछि खुलाइएको छ । हलेसी तुवाचुङ नगरपालिकाको विभिन्न ठाउँमा बिहीबार राति गएको पहिरोले अवरुद्ध भएको सडक नगरपालिका र मध्यपहाडी लोकमार्गको स्काभेर प्रयोग गरेर तथा स्थानीय बासिन्दा र सुरक्षाकर्मीले पहिरो पन्छाएपछि आज  खुलाइएको हो । हलेसी–जयराघाट सडकखण्डको बाहुनीडाँडास्थित कदुवा क्षेत्रमा पर्ने गोरुमारेमुनि, त्यसभन्दा मुनि डौँठेखोलामाथिको पहिरो हटाइएपछि अवरुद्ध यातायात खुलेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँचबुँदे सहमति, अनशन तोडियो 

विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोड्नुभएको छ ।  गृह मन्त्रालयका उपसचिव दिलकुमार तमाङ र सिलवालबीच आज पाँचबुँदे सहमति भएसँगै उहाँले अनशन तोड्नुभएको हो । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृहमन्त्री रमेश लेखकले उहाँलाई जुस पिलाएर अनशन तोडाउनुभएको हो ।

बीवाईडीले नेपालमा एकैदिन १३२ थान गाडी बाेच्याे
 

इलेक्ट्रिक सवारीसाधन (ईभी) निर्माता कम्पनी बीवाईडीले नेपालमा एकैदिन १३२ युनिट ईभी डेलिभरी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। नेपालीहरुको महान चाड दशैँ शुभारम्भको पहिलो दिन घटस्थापनाको अवसरमा कम्पनीले सो महत्वपूर्ण उपलब्धि हासिल गरेको हो। यसले नेपाली इलेक्ट्रिक मोबिलिटीको क्षेत्रमा बीवाईडीको बढ्दो लहरलाई दर्शाउने कम्पनीले जनाएको छ।​​​​​​​ बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत सो उपलब्धि हासिल गर्न सफल भएको हो। अत्याधुनिक प्रविधि, उत्कृष्ट कार्यक्षमता र दिगो मोबिलिटी समाधानका साथ नेपालको इलेक्ट्रिक भेहिकल बजारमा बढ्दो प्रभाव कायम गर्दै बीवाईडीले आफूलाई ईभी बजारको नेतृत्वकर्ता कायम गरेको छ।

नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि हुने

नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको शपथ भोलि हुने भएको छ। राष्ट्रपति भवनमा भोलि १:३० बजे राष्ट्रपतिको शपथ समारोह राखिएको शीतलनिवास स्रोतले जनाएको छ। भोलि शपथ ग्रहण हुने भएपछि सर्वोच्च अदालतले भोलि नै पदभार ग्रहणको कार्यक्रमको लागि तयारी गरिरहेको छ।सर्वोच्च अदालतसहित देशभका अदालतमा घटस्थापनाकै दिनदेखि दसैँ बिदा दिइसकिएको छ। बन्दी प्रत्यक्षीकरणका निवेदन हेर्नका लागि भने निश्चित न्यायाधीश र कर्मचारी तोकिएको छ।   

पाकिस्तानी पूर्वप्रधानमन्त्री खान समर्थकको प्रदर्शनका कारण पाकिस्तानको राजधानी ठप्प 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकले प्रदर्शनका क्रममा सडक कब्जा गर्ने प्रयास गरेपछि शनिबार पाकिस्तानको राजधानी इस्लामाबादको सामान्य जनजीवन प्रभावित बनेको छ ।  पाकिस्तानको सत्तारूढ गठबन्धनमाथि धाँधलीको आरोप लागेको फेब्रुअरीको चुनावमा खानलाई उम्मेदवारी दिनबाट रोक लगाइएको थियो । निर्वाचनपछि खानविरूद्ध लगाइएका दर्जनौं कानुनी अभियोगहरूमा अदालतले खानलाई सफाई दिएको छ । तर पूर्व प्रधानमन्त्री खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले नियमित प्रदर्शनका साथ सरकारको प्रदर्शनमाथि रोक लगाउने निर्देशनको अवज्ञा गरेको छ।

आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि वर्षाको सम्भावना 

हाल (शनिबार साँझ) देशको पहाडी भेगमा आंशिक बदली (पातलो बादल) रही बाँकी स्थानमा मौसम मुख्यतया सफा (आकाश लगभग सफा) छ।  गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोसी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

स्थानीय सरकार प्रमुख भन्छन् : –सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
 

बाढीपहिरोका घटनाबाट प्रभावित क्षेत्रका अवरुद्ध सडक खुलाउने, क्षतिग्रस्त खानेपानीका मुहान मर्मत गर्ने, विच्छेद भएको विद्युत् आपूर्ति सञ्चालन गर्नेलगायत कार्यलाई स्थानीय सरकारहरूले प्राथमिकतामा राखेका छन् । यस पटक बाढीपहिरोबाट बढी प्रभावित काभ्रे र सिन्धुलीका स्थानीय जनप्रतिनिधिले मुख्यतया बिपी राजमार्ग र ग्रामीण भेगसँग जोडिने अवरुद्ध सडक मर्मत गरेर जनतासँग पहुँच स्थापित, विद्युत्का ढलेका पोल मर्मतसम्भार गर्ने तथा क्षतिग्रस्त खानेपानीका मुहान सफा गरी पानी वितरणजस्ता आधारभूत सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेको प्रतिक्रिया दिनुभयो ।

नेपाल पत्रकार महासङ्घको राष्ट्रिय भेला जारी 

नेपाल पत्रकार महासङ्घका प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा जारी छ । महासङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा आज बिहानदेखि भेला सुरु भएको हो ।  महासङ्घको सदस्यता विवादका कारण पटकपटक तोकिएको निर्वाचन मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूसहितको भेलाले समस्या समाधानका उपाय खोज्नेबारे छलफल सुरु भएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । सदस्यतासम्बन्धी विवाद समाधानका लागि महासङ्घका ५३ जिल्लाका अध्यक्षहरूले राष्ट्रिय भेलाको माग गर्दै केन्द्रीय समितिलाई ज्ञापनपत्र बुझाएका थिए । 

चितवनमा रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सासद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानर सहित नारा लगाउदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि पनि कार्यक्रम स्थल पुगेका सहकारी पीडितहरू कार्यक्रमस्थल बाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरूले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा कार्यक्रमस्थलबाटै आफूहरुमाथि ढुङ्गा प्रहार भएको दावी गरेका छन् ।

अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ को १६ होस्ट गर्ने 

बलिउडका अभिनेता अमिताभ बच्चनले क्विज रियालिटी शो ‘कौन बनेगा करोडपति’ को १६ औं सिजन होस्ट गर्दैछन् । शोको आगामी एपिसोडमा, अनन्या विनोद, बेंगलुरुको कम्प्युटर विज्ञानको तेस्रो वर्षकी विद्यार्थी, हट सिटमा छिन्। उनी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विशेषज्ञता राख्छिन्। यसैबीच, बिग बी प्रति अनन्याको समर्पणबाट प्रभावित भए। उनले भने, “मसँग एउटा कुकुर थियो, तर जब तिनीहरू बित्छन्, त्यो नोक्सानबाट मुक्त हुन धेरै गाह्रो हुन्छ। त्यस पछि, धेरै घरपालुवा जनावरहरू पाउँदा अनौठो लाग्यो। जयाले मलाई थप घरपालुवा जनावरहरू नराख्न भनिन् किनभने तिनीहरूले हामीलाई छोड्दा धेरै निराश हुन्छ। तर घरपालुवा जनावरहरू परिवारको हिस्सा हुन्।

विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन
 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ । हालसम्म त्यस्तो खबर आएको छैन ।”अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ । विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ ।

भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मण गाम्नागेलाई

यस वर्षको भैरव पुरस्कार हास्य व्यङ्ग्यकार लक्ष्मीप्रसाद भट्टराई (लक्ष्मण गाम्नागे) लाई प्रदान गरिएको छ ।  भैरव पुरस्कार गुठीले आज यहाँस्थित जोरपाटीमा आयोजना गरेको पुरस्कार अर्पण कार्यक्रममा उहाँलाई सो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि नगद रु एक लाख ११ हजार १११ रहेको छ । सोही कार्यक्रममा भैरव वाङ्मय पुरस्कार कोशकार एवं नेपाली भाषा साहित्यको शुद्धीकरण अभियानी चूडामणि गौतमलाई प्रदान गरिएको छ । यस पुरस्कारको राशि पनि नगद रु एक लाख एक हजार १११ रहेको छ ।

फिल्म ‘तनु वेड्स मनु ३’ मा कंगना रनौत ट्रिपल रोल

फिल्म ‘तनु वेड्स मनु ३’ मा कंगना रनौत ट्रिपल रोलमा देखिने बताइएको छ । फिल्मको स्क्रिप्टिङ भइरहेको छ र यो २०२५ मा फ्लोरमा जानेछ । तनु वेड्स मनु रिटर्न्समा दोहोरो भूमिका निर्वाह गरेपछि कंगना रनौतले यो फ्रेन्चाइजको तेस्रो फिल्ममा ट्रिपल रोल खेल्ने सम्भावना छ । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने, कंगना रनौत निर्देशक आनन्द एल रायको तनु वेड्स मनु ३ मा ट्रिपल रोल निभाउनेछिन्। पिंकभिलाको रिपोर्ट अनुसार कंगनालाई आर माधवनसँग फिल्मका लागि ट्रिपल रोल अफर गरिएको छ ।

लुम्बिनी लायन्सकाे कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचन नियुक्त

लुम्बिनी लायन्सले राष्ट्रिय क्रिकेट टिमका पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनलाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ । लुम्बिनी लायन्सका मालिक ईश्वर जिसी र शक्ति गौचनले आज सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौता एक वर्षको लागि गरिएको हो । भैरवहाका शक्तिलाई सुरुवातदेखि नै लुम्बिनीले आफ्नो टिममा अनुबन्धित गर्न अनुरोध गरेको टिमले जनाएको छ । लुम्बिनीसँग आबद्ध हुन पाउँदा निकै खुसी लागेको र नेपाल प्रिमियर लिग जस्तो मेगा इभेन्ट गरेकोमा शक्तिले नेपाल क्रिकेट संघ क्यानलाई धन्यवाद दिए । अब भोलि हुने अक्सन चुनौतीपूर्ण रहेको शक्तिले बताए ।

झलनाथ खनालले किन मागे प्रधानमन्त्री ओलीको राजीनामा ? 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। शनिबार काठमाडौंको बल्खुमा बाढी पीडितला खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपतिको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए।

रवि लामिछानेको कार्यक्रम बिथोल्न कांग्रेस र एमाले संलग्न भएको रास्वपाकाे आरोप 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कार्यक्रम बिथोल्न नेपाली कांग्रेस र नेकपा एमाले संलग्न भएको आरोप लगाएको छ। लामिछानेले शनिबार चितवनमा ‘चितवनवासीसँग भेटघाट’ कार्यक्रम आयोजना गरेका थिए।  सहकारी पीडितको नाममा भन्दै उक्त कार्यक्रममा प्रदर्शन भएपछि बिथोलीएको थियो। रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरोले भने दुवै पार्टीका स्थानीय कायकर्ता लागेको दाबी गरेका छन्। ‘रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट’कार्यक्रम विथोल्न खोजिएको छ। कार्यक्रम विथोल्न कांग्रेस र एमालेका स्थानीय कार्यकर्ता नै संलग्न रहेको पाइएको छ।’

लेबनानीमा हमास सशस्त्र समूहका एक नेता परिवारसहित मारिए 

उत्तरी लेबनानी सहर त्रिपोलीमा हमास सशस्त्र समूहका एक नेता परिवारसहित मारिएका छन्। समाचार एजेन्सी रोयटर्सले हमाससँग सम्बन्धित मिडियालाई उद्धृत गर्दै यो जानकारी दिएको हो। रिपोर्टअनुसार प्यालेस्टिनी शरणार्थी शिविरमा इजरायली आक्रमणमा परिवारका तीन सदस्यसहित हमास नेता सईद अताल्लाह मारिएका हुन्। यस विषयमा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।​​​​​​​ हमाससँग सम्बद्ध पत्रिका ‘प्यालेस्टाइन’को रिपोर्टअनुसार त्रिपोली सहरको बेदावी शरणार्थी शिविरमा भएको आक्रमणमा परिवारका तीन सदस्यसहित हमास नेता अताल्लाह मारिएका हुन्।मारिनेमा इद अताल्लाहसँगै उनका श्रीमती र दुई बच्चा रहेको लेबनानी पत्रिका ‘अन नहर’ले जनाएको छ।​​​​​​​