दसैँले भिडभाड, व्यापारिक केन्द्र न्युरोडमा क्षेत्रमा घण्टौँ सम्म जाममा बस्नु पर्ने अवस्था

दसैँको आगमन सँगै राजधानीको प्रमुख व्यापारिक केन्द्र न्युरोड, इन्द्रचोक क्षेत्रमा सवारी चाप बढेको छ ।

सवारी चाप बढेसँगै सो क्षेत्रमा घण्टौँ सम्म जाममा बस्नु पर्ने अवस्था सृजना भएको छ । 

दैनिक जीवनमा उपयोग हुने सामग्री देखि विभिन्न सामग्रीहरू सो क्षेत्रमा पाइने हुँदा मानिसहरू चाड पर्व को आगमनसँगै सो क्षेत्रमा किनमेल गर्ने आउने हुँदा सवारी जाम देखिएको हो ।