विपद् प्रभावितहरु पहिचान भएको ३ दिनभित्रै अस्थायी आवास बनाउन रकम निकासा हुन्छः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जल्लिाका पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी पठाउन आग्रह गरेका छन् ।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए। उनले विपद्मा ठुलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रुपले ध्यान आकृष्ठ भएको बताए 

“ मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्वन्धीत जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौं ।” गृहमन्त्री लेखकले भने–“ घाइतेहरुको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ ।”

विपद् संकटग्रस्त क्षेत्र घोषणा सरकारले गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रीत गरेको जानकारी दिए ।“ उद्दार, राहत र पुर्नस्थापनाका सवाल सरकारी गम्भीर भएर अघि बढेको छ ।” उनले भने–“ पुर्ण रुपमा घर क्षति भएका पीडित नागरिकहरुलाई तत्काल अस्थायी घरबास बनाउन रकम निकासा गर्ने कुरा अगाडी बढेको छ ।”

ग्रामीण भेगमा नागरिकहरुको स्वास्थ्य उपचारका लागि आपतकालीन हेलि उद्दार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन पसेका तेह्रथुमका ४२ बर्षीय दीपक सिलवाललाई शनिबार गृह मन्त्रालयमा सहमतीपछि अनशनरत सिलवाललाइ जुस खुवाएर अनशन अन्त्य गराउने क्रममा बोल्दै गृहमन्त्री लेखकले अनशनरत सिलवालले उठाएका विषय सरकारले गम्भीर रुपमा लिएको बताए ।

“ हवाई उद्दारलाई प्रभावकारी बनाउने विषयमा सरकारको ध्यान गएको छ । ” उनले भने–“ यो विषयलाई थप गम्भीर रुपमा लिएर सरकारले यस सम्वधीत कार्यविधि संशोधन सिलवाल जीका कुरा समेटेर गरेर अघि बढ्ने छौं ।”