झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला

 छथरजोरपाटी गाउँपालिकामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका –१ हातिखर्क बस्ने बर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुण्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो ।

मृतक लिम्बु असोज १३ गते घरबाट हराएको र खोजी गर्दा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको आफन्तले बताएका छन् ।