धेरै मासु खाँदा हृदयाघातको हुने खतरा

के तपाईंलाई पनि धेरै मासु खान मनपर्छ ? अब अलि सावधान हुनुहोस् किनभने धेरै मात्रामा मासु खाँदा स्वास्थ्यमा समस्या आउन सक्छ । हामी सबैलाई थाहा छ कि मासुमा प्रोटिन, आइरन र क्याल्सियमलगायत धेरै पोषक तत्त्व पाइन्छ ।

कम मात्रामा खानु स्वास्थ्यका लागि जति फाइदाजनक हुन्छ, धेरै खानु त्यति नै हानिकारक छ । दैनिक वा हप्तामा तीन पटकभन्दा बढी मासु खानु वा एकैचोटि धेरै मासु खाँदा स्वास्थ्यलाई हानि पुर्‍याउँछ र यसले गम्भीर रोगहरूको सिकार बनाउँछ ।

धेरै मात्रामा मासु खानु हाम्रो हृदय स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । मासुमा स्याचुरेटेड फ्याट अर्थात् बोसोको मात्रा धेरै हुन्छ । जसले हानिकारक कोलेस्ट्रोललाई बढाउँछ । उच्च कोलेस्ट्रोल स्तरले हृदय रोग र स्ट्रोकको खतरा धेरै बढाउँछ । जसले हाम्रो धमनीहरूमा जमेर अवरोध पैदा गर्न सक्छ । यसले रगतको प्रवाह कम हुन्छ र मुटुलाई अक्सिजन प्राप्त हुँदैन । यही कारणले मासु खानेहरूमा हृदयाघात, स्ट्रोक वा अन्य हृदयसम्बन्धी रोगहरूको खतरा धेरै हुन्छ । त्यसैले मासु सीमित मात्रामा मात्र खानुपर्छ ।

तौल बढ्छ

मासुमा प्रोटिन र आइरन प्रशस्त मात्रामा हुन्छ, तर यसमा बोसोको मात्रा पनि धेरै हुन्छ । यही बोसो हाम्रो शरीरमा जमेर अतिरिक्त क्यालोरीको काम गर्छ, जसले तौल बढाउँछ ।

टाइप-२ मधुमेह

धेरै मात्रामा मासु खानाले टाइप-२ मधुमेह हुने खतरा बढाउँछ । मासुमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोलको मात्रा हुन्छ, जसले रगतमा सुगरको लेभललाई बढाउँछ । यस्तो अवस्थामा शरीरमा इन्सुलिनको स्तर कम हुन्छ र बिस्तारै मधुमेहको समस्या सुरु हुन्छ ।