जिमेलमा ‘समरी कार्ड्स’ नामको फिचर के हो ?

गुगलको ईमेल सेवा जिमेलमा ‘समरी कार्ड्स’ नामको फिचर आएको छ । प्रतिस्पर्धी कम्पनी एप्पलले आफ्नो मेल एपमा नयाँ फिचरहरू थपेको केही समयमै गुगलले पनि जिमेलमा सुधार गरेको हो । 

यस फिचरले जिमेल प्रयोगकर्ताहरूलाई इन्बक्स व्यवस्थापन गर्न र त्यसमा कुनै पनि एक्सन लिन सहयोग गर्ने बताइएको छ ।  समरी कार्ड्सले प्रयोगकर्ताहरूलाई प्याकेज ट्र्याक गर्ने, फ्लाइट चेक इन गर्ने, रिमाइन्डर सेट गर्ने, बिल भुक्तानी गर्न जस्ता कामहरू गर्न सजिलो बनाउने छ । त्यस्तै खरिद, कार्यक्रम, बिल र यात्रा जस्ता विषयबारे ईमेलहरूबाट जानकारी सङ्कलन गरेर समरी कार्ड्सले प्रयोगकर्ताहरूलाई आवश्यक जानकारी छिटो उपलब्ध गराउने पनि बताइएको छ ।

गुगलका अनुसार जिमेल प्रयोगकर्ताहरूको बदलिँदो बानी अनुसार यी परिवर्तन गरिएको हो । जिमेलमा यी समरी कार्ड्स ईमेलको शीर्ष भागमा देखिने छन् । त्यस्तै अब जिमेलमा 'ह्यापेनिङ सुन' सेक्सन पनि थपिने भएको छ । जहाँबाट अहिलेका सारांश कार्ड्स पहुँच गर्न सकिने बताइएको छ ।