एसिया रग्बी : नेपाली महिला टोली पराजित

घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७-१५ को स्कोरमा पराजित भएको हो।

यसैगरि आज भएकाे अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६-१० काे स्काेरमा पराजित गरेकाे छ।

फिलिपिन्सले भने बहराइनलाई १९-१४ ले पराजित गरेकाे छ।तेस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०-५,भारतलाई श्रीलंका २२-० ले पराजित गर्याे।

जाेर्डनले चाईनिज ताईपेईलाई २७-७ र इनडाेनेसियाले फिलिपिन्सलाई २४-१० काे स्काेरले पराजित गर्याे।