धनगढीको प्रख्यात बेडा बाबा ताल र जङ्गलको किनारमा रहेको गङ्गामाताको मन्दिर

कैलालीको धनगढी उप महानगरपालिका वडा नं ५ मा रहेको प्रख्यात बेडा बाबा ताल र जङ्गलको किनारमा रहेको गङ्गामाताको मन्दिर।

गुम्बज शैलीको यो मन्दिर निकै नै आकर्षक रहेको छ । यो मन्दिर कैलालीको प्राचीन बेडा बाबा मन्दिरको नजिकमा रहेको छ। 

प्राकृतिक सम्पदाले भरिपूर्ण यो गङ्गामाताको मन्दिरको परिसर निकै नै रमणीय रहेको छ। मन्दिरको गर्भ गृहमा आकर्षण गङ्गामाताको मूर्ति रहेको छ। हिन्दु धर्मावलम्बीहरूको विभिन्न चाड पर्वमा यस मन्दिरमा भक्तजनहरूको भिड लाग्ने गर्दछ। मन्दिरको ढोका भक्तजनहरूको लागि भने सधैँ खुल्ला रहने गर्दछ। ताल र जङ्गलको किनारमा यो मन्दिर रहेकोले निकै नै आकर्षक देखिन्छ।