फिल्म ‘किक–२’ मा सलमान खानको फर्स्ट लुक

 सन् २०१४ मा रिलिज भएको सलमान खानको फिल्म ‘किक’ ब्लकबस्टर साबित भयो । त्यसयता फ्यानहरू यसको सिक्वेलको प्रतिक्षामा छन् । 

यसैबिच, अब अभिनेताले आफ्ना फ्यानहरूलाई ठूलो उपहार दिएका छन्। सलमानले यस वर्षको इदको अवसरमा आफ्नो फिल्म ‘सिकन्दर’ घोषणा गरेका थिए भने अब उनको बहुप्रतिक्षित फिल्म ‘किक–२’ को फर्स्ट लुक पनि सार्वजनिक भएको छ ।

निर्माता साजिद नाडियाडवालाले शुक्रबार आफ्नो आधिकारिक इन्स्टाग्राममा ‘किक २’ बाट सलमान खानको तस्बिर सेयर गरेका छन् । फोटो पोस्ट गर्दै उनले क्याप्शनमा लेखेका छन्, ‘सिकन्दरको ‘किक २’ फोटोसुट एकदमै राम्रो थियो । साजिद नाडियाडवाला'।

किक–२ बाट सलमान खानको फर्स्ट लुक सार्वजनिक हुनेबित्तिकै फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् । एकजनाले लेखेका छन्, 'अलेक्जेन्डर पछि डेभिल'। अर्कोले लेखेका छन् - 'किक २ को लागि धेरै उत्साहित।'

साजिद नाडियाडवाला र सलमान खानले सन् २०१४ मा ‘किक’ मार्फत ठूलो हलचल मच्चाएका थिए । यो साजिदको निर्देशकको रूपमा पहिलो फिल्म थियो। यस फिल्ममा सलमानका अलावा ज्याकलिन फर्नान्डिस र नवाजुद्दीन सिद्दीकी पनि देखिएका थिए ।

सलमान खान यतिबेला अभिनेता एआर मुरुगादासको फिल्म ‘सिकन्दर’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा उनीसँगै रश्मिका मन्दाना र काजल अग्रवाल पनि देखिनेछन् ।

मिडिया रिपोर्टका अनुसार सिकन्दरमा वरुण धवनकी भान्जी अञ्जिनी धवन पनि देखिन सक्छिन् । यो फिल्म २०२५ को इदको अवसरमा रिलिज हुनेछ । यस बाहेक २०२६ मा ‘शेख खान’ र २०२७ मा ‘टाइगर भर्सेस पठान’ आउनेछ ।