एभरेस्ट महिला भलिबल लिग : फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने

 जारी एभरेस्ट महिला भलिबल लिगको फाइनलमा कर्णाली यशविस र ललितपुर क्विन्स भिड्ने भएका छन् ।

लिग चरणका खेल सकिएसँगै शीर्ष दुई स्थानमा रहेका कर्णाली र ललितपुर फाइनलमा भिड्ने भएका हुन् ।गएराती सम्पन्न खेलमा कर्णालीले काठमाडौँ स्पाइकर्सलाई ३-१ को सेटमा हराएको थियो ।

 

यो जितपछि कर्णालीको ५ खेलमा १३ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै ललितपुरको ५ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ र फाइनलमा पुगेको छ । त्यसैगरी हारसँगै काठमाडौँको ५ खेलमा ९ अंक रहेको छ र तेस्रो स्थानमा रहँदै फाइनलको दौडबाट बाहिरिएको छ ।

त्यस्तै चितवन शक्तिको ५ खेलमा ७ अंकसहित चौथो स्थानमा रहेको छ र गण्डकी थण्डर्सको ५ खेलमा ६ अंक रहेको छ । त्यस्तै मधेश युनाइटेड भने पाँचै खेलमा हार बेहोरेको थियो ।

अब फाइनल खेल आज दिउँसो साढे ५ बजे कर्णाली र ललितपुरबीच हुनेछ ।