जुवाखालबाट १० जना समातिए

कैलालीमा जुवाखालबाट १० जना समातिएका छन्। हिजो (शुक्रबार) जिल्लाको जानकी गाउपालिका वडा नं २ बढरियास्थित धन बहादुर थारुको घरबाट उनीहरू समातिएका हुन्।

उनीहरूलाई जुवातास खेलिरहेका भन्ने सूचनाको आधारमा ३ जोर ताससहित नगद रु. २१ हजार ७०५ रुपैयाँसहित समातिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए।

यी हुन् जुवाडे

१.जिल्ला कैलाली जानकी गा.पा. वडा न. २ बढरिया बस्ने वर्ष५४ को जगत साउद।
२.ऐ.ऐ.बस्ने वर्ष ६१ को टेक बहादुर हमाल।
३.ऐ.ऐ. बस्ने वर्ष ४६ को टेक बहादुर चौधरी।
४.ऐ.ऐ.बस्ने वर्ष५९ को रमेस दमाइ।
५.ऐ.ऐ. बस्ने वर्ष३५ को यज्ञ चौधरी।
६.ऐऐ बस्ने वर्ष ५२ को छबिलाल चौधरी।
७.ऐ.ऐ. बस्ने वर्ष२८ को चन्द्र साउद।
८.ऐ.ऐ. बस्ने वर्ष ४४ को मान बहादुर थारु।
९.ऐ.ऐ. बस्ने वर्ष ३६ को राम बहादुर डगौरा।