एप्पलले आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटायाे

आईफोन १६ उत्पादन कटौती अपेक्षित माग भन्दा कमसँग जोडिएको छ।

९टु५म्याक द्वारा साझा गरिएको एक लगानीकर्ता नोटमा बार्कलेज विश्लेषकहरूले एप्पलले भर्खरै आईफोन १६ को उत्पादन तीन मिलियन एकाइले घटाएको खुलासा गरेका छन्।

यी कटौतीहरू आईफोन अर्डरहरूको लागि मुख्य सेमिकण्डक्टर पार्टनर (अर्धचालक साझेदार) मा गरिएको भनि आपूर्ति श्रृंखला जाँचहरूले उल्लेख गरेको जनाइएको छ।

आईफोन १६ को सिपमेन्टस (ढुवानीहरू) वार्षिक १५ प्रतिशतले घट्ने अपेक्षा गरिएको बार्कलेज विश्लेषकहरूले सुझाव दिएका छन्। यसका बाबजुद पनि अघिल्लो त्रैमासिकको पर्फमेन्स अपेक्षासँग मिल्दोजुल्दो रहेको उल्लेख गरिएको छ।

आईफोन १५ मोडेलहरूको तुलनामा दुई अतिरिक्त दिनको सेल-थ्रु बाट लाभ उठाउँदै सेप्टेम्बर त्रैमासिकमा ५१ मिलियन आईफोन १६ युनिटहरू ढुवानी हुने प्रतिवेदनमा उल्लेख गरिएको जनाइएको छ।अगाडि हेर्दै गर्दा डिसेम्बर त्रैमासिकले थप चुनौतीहरू प्रस्तुत गर्ने उल्लेख गरिएको छ। कम मागको साथमा उत्पादन कटौतीले आईफोन १६ ढुवानीलाई ठूलो जोखिममा राख्ने थप उल्लेख गरिएको छ।

यो सुस्तता एप्पलको नयाँ एआई फिचर एप्पल इन्टेलिजेन्सको रोलआउटसँग जोडिएको हुन सक्ने विश्लेषकहरू विश्वास गरेका छन् जुन अझै पूर्ण रूपमा लन्च हुन सकेको छैन।साथै एप्पल इन्टेलिजेन्स रोलआउटमा भएको यो ढिलाइले सुस्त भएको मागमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै कम्पनीको नयाँ मोडेलहरू (विशेष गरी प्रो मोडेलहरू) मा नयाँ क्याप्चर बटन बाहेक अन्य उपस्थितिमा केही फरक नभएको स्मरणीय रहेको छ।

एप्पल इन्टेलिजेन्सको क्रमिक रिलीज माग घट्नुको प्रमुख कारक जस्तो देखिएको उल्लेख गरिएको छ।कम्पनीले सेप्टेम्बरको मध्यमा आईफोन १६ को लागि एप्पल इन्टेलिजेन्सको साथ आईओएस १८.१ बिटा लन्च गरेको भए तापनि फिचरहरूको पूर्ण सेट प्रदान गर्नमा भएको ढिलाइले उपभोक्ताहरूको सुस्त प्रतिक्रियालाई अझ बढावा दिएको हुनसक्ने थप उल्लेख गरिएको छ।

“हामीलाई लाग्छ कि सेप्ट–क्यू आईफोन युनिटहरू ५१एमको लागि उत्तम केसको रूपमा ट्र्याकमा छन् (कन्सेन्सस र बार्कलेज दुवैको सेप–क्यूको लागि ५१एम अनुमान), केही च्यानलहरू लाइनमा भरिएको वा थप बिक्री दिनले गर्दा गत वर्षको तुलनामा अझ राम्रो मानिन्छ। जुलाई र अगस्ट सेल–थ्रु वार्षिकमा फ्ल्याट भएको छ” बार्कलेज विश्लेषकहरूले टिप्पणी गरे।

एप्पलका लागि अर्को चुनौती भनेको पूर्ण एप्पल इन्टेलिजेन्स फिचर सेटको अमेरिका बाहिर सीमित उपलब्धता हुन सक्छ, जसले विश्वव्यापी ढुवानीलाई सम्भावित रूपमा असर गर्ने उल्लेख गरिएको छ।

यसबाहेक महत्त्वपूर्ण डिजाइन इनोभेसन (नवाचार) को कमीले पनि कमजोर मागलाई प्रभाव पारेको हुन सक्ने जनाइउको छ। आईफोन १६ र आईफोन १६ प्लसले नयाँ क्यामरा लेआउट प्राप्त गर्दा आईफोन १६ प्रो र प्रो म्याक्स मोडेलहरू भने तिनीहरूका पूर्ववर्तीहरूसँग धेरै मिल्दोजुल्दो देखिन्छन् भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।