एभरेस्ट महिला भलिबल लिग : चितवन बाहिरियो, ललितपुरको फाइनल पुग्ने सम्भावना कायमै

 एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा शुक्रबार ललितपुर क्विन्सले चितवन शक्तिलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको दिनको पहिलो खेलमा ललितपुरले चितवनालाई ३–१ को सेटमा पराजित गरेको हो। 

अन्तिम तथा निर्णयक सेटमा २५–१९ ले आफ्नो पक्ष्मा पार्दै ललितपुरले महत्वपूर्ण तीन अंक जोडेको हो। यो जितसँगै ललितपुर फाइनल प्रवेशको सम्भावना बलियो बनेको छ। ललितपुरले जारी लिगमा समूह चरणको दुई खेलमा पराजय ब्यहोरेको छ। 

यता, पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको हो। ललितपुर फाइनल प्रवेशको नतिजाको लागि काठमाडौं र कर्णालीको नतिजाले निर्धारण गर्नेछ।