अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्राम सहित २ जना पक्राउ

तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर ७ सय २० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय ऋषिकेश वली र १९ वर्षीय इशान डाँगी रहेका छन् । अस्थायी प्रहरी पोष्ट पर्सेनीबाट खटिएको प्रहरीले घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा.६ प ८५०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।