स्कुलको बसले ठक्कर दिँदा एक बालकको मृत्यु

पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१ मा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।

वडा नम्बर एकमा पर्ने छहारीचोकस्थित सडकमा कोइलापानीबाट फलफुलचोकतर्फ जाँदै गरेको ना १ क ५८१७ नम्बरको गण्डकी बोर्डिङ स्कुलको बसको ठक्करबाट ती बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार सोही ठाउँमा बस्ने यम पौडेलको छोरा डेढ वर्षको सम्राट पौडेलको शुक्रबार बिहान मृत्यु हो।ठक्करबाट गम्भीर घाइते भएका उनको नवलपुर अस्पताल कावासोतीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।